थाहा बसपार्क सञ्चालन गर्न व्यवस्थापन समिति गठन
हेटौंडा- थाहा नगरपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन थाहा बसपार्क सञ्चालनमा नआएको भन्दै स्थानीयले बसपार्क सञ्चालनको माग गर्दै थाहा बसपार्क व्यवस्थापन समिति गठन गरेका छन् ।नगरको गौरवको आयोजना बसपार्कमा बनेको संरचना संरक्षण नहुँदा क्षतबिक्षत भएको तथा बसपार्क सञ्चालन गर्न आवश्यक संरचना तयार हुँदासमेत बसपार्क संचालनमा सम्बन्धित निकायको ध्यानाकर्षण नभएको भन्दै स्थानीयले बसपार्क संरक्षण र सञ्चालनको निम्ति व्यवस्थापन समिति गठन गरेका हुन ।
रामराजा केसीको अध्यक्षतामा ११ सदस्यीय बसपार्क व्यवस्थापन समिति गठन गरिएको समितिका सचिव ज्ञानेन्द्र अधिकारीले जानकारी दिए । नवगठित व्यवस्थापन समितिमा उपाध्यक्ष कुमार खत्री, सचिव ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्ष अमिता केसी विष्ट तथा सदस्यहरुमा हरिकृष्ण केसी, लवकुमार केसी, नवीन अधिकारी, देशराज केसी, शर्मिला अधिकारी, बिन्दा केसी र सुनिता अधिकारी छन् ।
श्रीकृष्ण केसीको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । जसको सदस्यमा अजित खत्री, पुरुषोत्तम केसी र संग्राम विष्ट छन् । नवगठित बसपार्क व्यवस्थापन समितिलाई दर्ताको लागि सम्बन्धित निकायमा पहल गरिने निर्णय गरिएको सचिव ज्ञानेन्द्र अधिकारीले जानकारी दिए ।







