अन्तिम संस्कार समितिको अध्यक्षमा ढकाल

साझाकुरा
२०८० बैशाख १८, सोमबार १०:४६

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–६, स्थित अन्तिम संस्कार सहयोग समितिको वार्षिक साधारणसभा अधिवेशन शनिबार सम्पन्न भएको छ ।साधारणसभाको बन्दसत्रले तारानाथ ढकालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा केशवप्रसाद कोईराला, सचिवमा गंगा, कोषाध्यक्षमा मदन न्यौपाने चयन भएका छन् । यसैगरी सदस्यहरुमा दक्षु सुवेदी, लक्ष्मण चौलागाई, पवित्रा रुम्बा, कमला आचार्य, नेत्रप्रसाद चौलागाईं, नारायणप्रसाद लामिछाने र लक्ष्मण खनाल चयन भएका छन् । सल्लाहकारमा रामकुमार श्रेष्ठ, खडानन्द चौलागाई, राजेन्द्रप्रसाद चौलागाई, विजयकुमार हुमागाई र चित्रकुमार दुलाल सल्लाहकार चयन भएका छन् ।

साधारणसभामा खडानन्द चौलागाई, सूर्यप्रसाद दुलाल, हरिप्रसाद पौडेल, भीमसेन पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारण सभामा समितिका सचिव राजेन्द्रप्रसाद चौलागाईले प्रस्तुत गरेको अन्तिम संस्कार सहयोग समितिको कार्यविधि–२०८० सर्वसम्मत पारित गरेको छ । रक्षादेवी, दिव्यनगर र प्रभातकालीन टोल विकास समिति मिलेर गठन भएको समितिमा १ सय ६५ घरधुरी आबद्ध छन् । साधारणसभा समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामाभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*