लागूऔषध दुव्र्यसनविरुद्ध सचेनता

साझाकुरा
२०८० बैशाख २१, बिहीबार १८:५६

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरस्थित निर्मल माध्यामिक विद्यालयमा लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र थानाभ¥याङ मकवानपुरको संयुक्त आयोजनामा दुव्र्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की, निर्मल माध्यामिक विद्यालयका प्रधानाध्यापक प्रमोद बिडारी, सामुदायिक सेवा केन्द्र थानाभ¥याङका सचिव कृष्णप्रसाद खनाल, रिकभरिङ नेपाल हेटौंडाका उपध्याक्ष निर्मल बिडारीलगायतले लागूऔषध दुव्र्यसनी, कानुनी व्यवस्था सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिएका थिए ।

‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत रिकभरिङ नेपाल हेटौंडाको सहकार्यमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र थानाभ¥याङका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा थियो । कार्यक्रममा निर्मल माध्यामिक विद्यालयका शिक्षक÷शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’अन्तर्गत विभिन्न संघसंस्थासँग समन्वय गरेर लागूऔषधको दुव्र्यसनीविरुद्धको कार्यक्रम नियमित सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*