आधारभूत सहकारी व्यवस्थापन तालिमको समापन

साझाकुरा
२०८० बैशाख २३, शनिबार १०:१९

हेटौंडा- सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीलाई सहकारीका विभिन्न विषयमा जानकारी दिने उद्देश्यले भएको आभारभूत सहकारी व्यवस्थापन तालिम शुक्रबार समापन भएको छ ।मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, प्रदेश सहकारी बोर्डको सहयोगमा आइतबारदेखि तालिमको आयोजना गरिएको हो । तालिम समापन कार्यक्रममा प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्ष देवकोटाले सिकेका कुरालाई कार्यान्वयन गर्न सबै सहभागीलाई आग्रह गरेका छन् ।लेखालाई व्यवस्थित गर्न सके सहकारीले फड्को मार्ने देवकोटाको विश्वास छ । ‘सहकारी नीति र विधिमा चलेको छ या छैन हेरी यदी नचलेको अवस्था छ भने कानुनी कारवाही हुन्छ’, उनले भनेका छन् । तालिमले तत्काल रिजल्ट नदिने तर, केही महिनापछि त्यसको रिजल्ट देखिने भन्दै देवकोटाले ऋण लगानी नउठ्ने समस्या अहिले धेरै सहकारीमा रहेकाले त्यस्तो अवस्थामा सहकारीका सबै पक्ष लागेर काम गर्नुपर्ने बताए । समापन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक बद्रीप्रसाद लम्साल, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव वीरेन्द्रप्रसाद ढुंगाना सहितका अन्य प्रशिक्षकहरु तथा सञ्चारकर्मीको आतिथ्यता रहेको थियो ।

६ दिने तालिममा भीम पाख्रिन, एनसी बिएल, बद्रीप्रसाद लम्साल, रामेश्वर अर्याल, भीम परियार, कल्पना श्रेष्ठ, विष्णुमाया लामा, वीरेन्द्रप्रसाद ढुंगाना, गोविन्द दाहाल, शर्मिला डंगोल, सीताराम दाहाललगायतले सहजीकरण गरेका थिए । तालिममा विभिन्न बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्मचारीसमेत गरी ३० जनाको सहभागिता रहेको थियो । तालिममा बचत तथा ऋण सहकारी र कृषि सहकारी संस्थाका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*