सामुदायिक सेवा केन्द्रमा श्रेष्ठको नेतृत्व

साझाकुरा
२०८० बैशाख २४, आईतवार १५:३०

हेटौंडा- हेटौंडा–११ थानाभ¥याङस्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नेतृत्वमा देवकुमार श्रेष्ठ आएका छन् । केन्द्रको शनिबार भएको ५ औँ साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रको उपाध्यक्षमा कृष्णप्रसाद खनाल, सचिवमा खेमराज सापकोटा, सहसचिवमा दिवस पराजुली, कोषाध्यक्षमा महेन्द्र पाण्डे चयन भए । सदस्यमा मीना भण्डारी, अक्कलबहादुर रोक्का, उत्तम पण्डित, श्यामकृष्ण श्रेष्ठ, राजेश श्रेष्ठ, अर्जुनबहादुर मिश्र, यज्ञबहादुर आचार्य, शेषनाथ पुडासैनी, कालु घलान र शेखरराज मैनाली चयन भएका छन् । केन्द्रको पहिलो बैठकबाट सदस्यमा २ जनालाई मनोनित गरिने अध्यक्ष श्रेष्ठले बताए ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, थानाभ¥याङका अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । मन्त्री मोक्तानले समाज रुपान्तरणमा जोड दिए पनि सोचको रुपान्तरण हुन नसकेको बताइन् । सामाजिक विकास मन्त्रालयले अल्पसंख्यक, महिला, बालबालिका र विद्यालय क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै उनले समाजमा गरिने योगदानमा सबैभन्दा बढी प्रभावकारी विद्यार्थीमा देखिएको बताएकी छन् । महिनामा एकचोटी विद्यालयमा कार्यक्रम आयोजना गरी विद्यार्थीलाई कार्यक्रमको बारेमा जानकारी गराउनु पर्ने उनको जोड छ ।

हेटौंडा उपमहानगरका प्रवक्ता तथा १ नम्वर वडाअध्यक्ष सविन न्यौपानेले परिमार्जित र परिस्कृत तवरबाट मात्रै संस्था अगाडि बढ्नुपर्नेमा जोड दिए । संस्थाले समन्वयकारी भूमिका महत्वपूर्ण ढंगबाट निभाउन सकेमात्र संस्थाको गरिमा बढ्ने उनको भनाई छ । कार्यक्रममा नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालिका जेनेरल म्यानेजर अनिलरत्न स्थापितलाई सम्मान गरिएको छ । कार्यक्रममा हेटौंडा–११ की वडाअध्यक्ष जुना दाहाल, मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतमलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*