सिटी कलेजका नेपाल टप खरेल सम्मानित
हेटौंडा- कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (वीएससी सिएसआईटी) स्नातक तहमा नेपाल टप भएका दिनेश खरेललाई हेटौंडा सिटी कलेजले सम्मान गरेको छ । एक दशकदेखि मकवानपुरमै पहिलो पटक विएससी सिएसआईटी संकायमा पठनपाठन गर्दै आइरहेको हेटौंडा सिटी कलेजका खरेलले पहिलो सेमेस्टरमा ८९ दशमलव ९ अंक ल्याई नेपाल टप गरेका थिए । आइतबार कलेजले एक कार्यक्रमबीच खरेललाई प्रशंसापत्रसहित कलेजका संस्थापक अनिल पाण्डेले व्यक्तिगत रुपमा २० हजार नगदसमेत प्रदान गरेका थिए । उक्त पुरस्कारबाहेक कलेजले एक सेमेस्टरको मासिक शुल्कसमेत मिनाहा गरेको कलेजका प्राचार्य श्रीबहादुर कार्कीले बताए ।
कलेजका संस्थापक अध्यक्ष रमिता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अनिल पाण्डे, कलेजका प्राचार्य कार्की, पुरस्कृृत खरेलका बुबा दीपक खरेल, विएससी सिएसआईटी संकायका विभागीय प्रमुख नरेशनाथ योगी तथा विद्यार्थीहरुको उपस्थिति थियो । त्रिभूवन विश्व विद्यालयअन्तर्गत विएससी सिएसआईटी संकायमा अध्ययनरत खरेल २०७८ का ब्याज हुन् । उनी अहिले तेस्रो सेमेस्टरमा अध्यननरत छन् । मकवानपुरमा आईटी क्षेत्रको पहिलो कलेज रहेकाले काठमाडौंपछि विद्यार्थीहरुको रोजाईको कलेज बनी रहेको कलेजका प्राचार्य कार्कीले बताए ।
खरेलसँगै हेटौंडा सिटी केलजमा अध्ययनरत प्रजिना ब्लोन (८२), रागव घिमिरे (८०.८), विशाल क्षेत्री (८४) र रविन ग्लान (८४) अंक ल्याएर उत्कृष्ट भएका थिए । हेटौंडा सिटी कलेजमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयमा २०७७ सालका ब्याचका विद्यार्थी सुजित ढकालले ८९ दशमलव ६ अंक ल्याएका थिए ।२०७४ ब्याचका अशोक पहाडीले ८६ प्रतिशत ल्याएका थिए । कजेलमा नर्सरीदेखि स्नातकसम्मको पढाई हुने संस्थापक अध्यक्ष पाण्डेले बताइन् । विद्यार्थीहरु अनुशासनमा रहेर पठनपाठनमा लाग्न आग्रहका साथै आईटी विषय खोजमूलक र धेरै कुराहरु सिक्न सकिने रहेकाले आफूलाई पढ्नतर्फ तल्लीन हुन विद्यार्थीसमक्ष अनुरोध गरेकी थिइन् ।







