थाहामा ५० घरधुरीलाई सुधारिएको चुलो निःशुल्क
हेटौंडा- थाहा नगरपालिका वडा नम्बर ४ र ५ का ५० घरधुरीलाई सुधारिएको चुलो निःशुल्क वितरण गरिएको छ ।थाहा नगरपालिकाको समन्वयमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र च्वाइस नेपालको सहकार्यमा मंगलबा थाहा नगरको दामन सीमभञ्ज्याङ क्षेत्रका ५० घरधुरीमा सुधारिएको चुलो बितरण गरिएको हो । थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट र वडा नम्बर ४ का अध्यक्ष नारायण लामाले स्थानीरुलाई चुलो हस्तान्तरण गरेका हुन् । चुलो हस्तान्तरण गर्दे थाहा नगरप्रमुख विष्टले मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने र इन्धनको समेत बचत गराउने
सुधारिएकोे चुलो वितरण कार्यक्रमलाई नगरपालिका भर विस्तार गर्न च्वाईस नेपाललाई आग्रह गरेका छन् ।
सुधारिएको चुलो वितरण गर्न सहयोग गरेकोमा च्वाईस नेपाललाई धन्यवाद ज्ञापन गर्दै वडाका बाँकी घरघुरीहरुमा पनि सुधारिएको चुलो वितरणका लागि सहयोग गर्न थाहा नगरपाकिा वडा नम्बर ४ का अध्यक्ष नारायण लामाले च्वाईस नेपाललाई अनुरोध गरे ।नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ३३ प्रतिशत अनुदानमा उपलब्ध हुने चुलोको लागि बाँकी रकम थाहा नगरपालिकाको विकास साझेदारको रुपमा क्रियाशील संस्था च्वाइस नेपालको वातावरण सुधार कार्यक्रमअन्तर्गत लगानी रहेकोे च्वाइस नेपालका ग्रामीण विकासविज्ञ प्रताप घिमिरेले बताए ।
नेपालको १५०० मिटर भन्दामाथि बसोबास गर्ने परिवारलाई विभिन्न संघ संस्थासँगको सहकार्यमा नेपाल सरकार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले ३३ प्रतिशत अनुदानमा करिव १२ हजार मूल्य बराबरको
सुधारिएको चुलो वितरण गर्दे आएको छ । दाउरा कम खपत हुने, धुँवा धुलो रहित चुलो निःशुल्क प्राप्त भएकोमा थाहा ४ का सीताराम लामाले थाहा नगरपालिका र च्वाईस नेपाललाई धन्यवाद दिए ।







