वक्तृत्वकलामा जेनिथकी छात्रा पौडेल उत्कृष्ट

साझाकुरा
२०८० बैशाख २८, बिहीबार ११:२१

हेटौडा-मकवानपुरले ७१ औँ कानून दिवसको अवसरमा ‘कानूनको सर्बोच्चता’ विषयक जिल्लास्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । कानुन विषय अध्ययन गरिरहेका सिद्धार्थ, निर्मल र जेनिथ इन्टरनेशनलका ७ विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा जेनिथ इन्टरनेशनल स्कुलकी छात्रा अभिप्सा पौडेल प्रथम, सिद्धार्थ माविकी छात्रा प्रेक्षा तिमल्सिना द्वितीय, निर्मल माविकी छात्रा विप्सरा थापा तृतीय र निर्मल माविकी निर्जला भट्टराईले सान्त्वना पुरस्कार जितेका छन् ।

जिल्लाबार एशोशियशन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अदालत मकवानपुरका न्यायधीश ऋषिराम निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा न्यायधीश श्रीप्रसाद सन्जेल, बरिष्ठ अधिवक्ता केशबप्रसाद काफ्ले, उच्चअदालत बार एशोसियशनका उपाध्यक्ष हरि भट्टलगायतको आतिथ्यता रहेको
थियो । प्रतियोगितामा बरिष्ठ अधिवक्ता केशव काफ्ले अधिवक्ताहरु मदन दाहाल, ईश्वरी अधिकारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*