स्मारकबाट लागूऔषधसहित चारजना युवक पक्राउ

साझाकुरा
२०८० बैशाख ३०, शनिबार ११:४७

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा–११, सहिद स्मारकबाट चार जना युवकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ । मकवानपुर प्रहरीले चितवन भरतपुर महानगरपालिका–१० बस्ने २४ वर्षीय आसिष भुजेल, २० वर्षीय विवेक लामा, २३ वर्षीय सुदीप महर्जन र हेटौंडा उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय निशान वाईबा तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्तासमेत रहेका प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्कीले बिहीवार साँझ हेटौंडा–११ सहिदस्मारक क्षेत्रमा शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई जाँच गर्दा विभिन्न प्रकारका लागूऔषध फेला परेको जानकारी दिए । उनीहरुको साथबाट लागुऔषध ट्रामाडोल ५० ट्याबलेट, एनरागन ६५ ट्याबलेट, नुरफिन १४ एम्पुल, ड्राईजेपाम ७ एम्पुल र फेनारागन २ एम्पुल बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*