वडा–वडामा नेपाल शिक्षक संघ गठन

साझाकुरा
२०८० बैशाख ३१, आईतवार ११:१९

हेटौंडा- हेटौंडा उपमहानगरको वडा–वडामा नेपाल शिक्षक संघ गठन जारी छ । हेटौंडाका ८ वटा वडाहरुमा पछिल्लो सयम संघको समिति गठन भइरहेको हो ।
नेपाल शिक्षक संघको विधानत पालिकाको सबै वडाहरुमा वडा समिति बनाउने नगर समितिको निर्णयअनुसार विभिन्न वडाहरुमा भेला गरी वडा समिति गठन गरिएको हो । शुक्रबार वडा नम्बर ३, ११, १७, १८, १५, ९ र ४ मा वडा कमिटि गठन भएको थियो । वडा नम्बर ३ मा पूर्णप्रसाद अधिकारीको अध्यक्षतामा समिति गठन गरिएको छ । ११ नम्बर वडामा बीना डंगोलको अध्यक्षतामा, १७ नम्बर वडामा भीमसेन श्रेष्ठको अध्यक्षतामा, १८ नम्बर वडामा भुवन अधिकारीको संयोजकत्वमा, १५ नम्बर वडामा वासुदेव न्यौपानेको अध्यक्षतामा र ४ नम्बर वडामा अजीता पोखरेलको अध्यक्षतामा वडा समिति गठनगरिएको हो ।

यसैगरी, हेटौंडा–९ नम्बरमा सरिता लामिछानेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा तारा हिम्डुङ, सचिवमा नम्रता मैनाली, सचिव अर्थमा मन्जु खनाल, सहसचिवमा पार्वती बर्ताैला रहेका छन् । यसैगरी सदस्यमा मन्दिरा दाहाल, मन्जु सुवेदी, कुमारीशक्ति सिंह, सभ्यता चौधरी, अशोक आलेमगर, विश्वम्भरबाबु मल्ललगायत रहेका छन् । प्रगति मावि व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाली कांग्रेस हेटौंडा–९ नम्बर वडासचिव प्रदीप पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । वडा नम्बर–१६ मा यसअघि नै समिति गठन भइसकेको छ ।

नेपाल शिक्षक संघ हेटौंडा उपमहानगरपालिका–१६ को अध्यक्षमा यशोदा भट्टराई चयन भएकी छन् । उपाध्यक्षमा दीपक ढुंगाना र तुलसी पौडेल, सचिवमा विजय थिङ र ठाकुरप्रसाद नेपाल, सहसचिवमा शान्ता बास्तोला, चयन भए । सदस्यहरुमा बीना न्यौपाने, ज्योति गौतम, लक्ष्मी कालाखेती, मीना न्यौपाने, दिनेश लामा चयन भएका छन् । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाइको प्रमुख आतिथ्यतामा एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष तथा उपमहानगरको सामाजिक विकास समिति संयोजक रामकृष्ण कोइरालाको विशिष्ट आतिथ्यता भेला भएको थियो ।

भेलामा शिक्षक संघका मकवानपुर जिल्ला सचिव श्रीराम लुईटेल, हेटौंडा उपमहानगरपालिका अध्यक्ष मन्दिरा घिमिरे फुँयाल, सचिव अर्थ प्रेम घिमिरे, वडा नम्बर १६ का नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुको उपस्थिति रहेको थियो । उपमहानगरका बाँकी अन्य वडाहरुमा पनि नेपाल शिक्षक संघको समिति गठन गरिने नेपाल शिक्षक संघ हेटौंडा उपमहानगरपालिका अध्यक्ष मन्दिरा घिमिरे फुँयालले जानकारी दिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*