भ्रष्टाचारबिरुद्ध सचेतनाका लागि रचना वाचन

साझाकुरा
२०८० जेष्ठ २, मंगलवार १०:०४

हेटौंडा-सर्जक सञ्जाल मकवानपुरको आयोजनामा शीतलमहल चोकमा भ्रष्टाचारविरुद्ध सचेतनाका लागि रचनावाचन गरिएको छ । भ्रष्टाचारका विभिन्न घटनाहरु सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरुले देशव्यापी रुपमा खबरदारी गर्ने क्रम बढ्दै जाँदा ७ दिने अभियानस्वरुप दोश्रो दिन रचनावाचन गरिएको हो । कार्यक्रममा पुरुषोत्तम आचार्य, शम्भुप्रसाद बासकोटा, हरि पौड्याल, स्वस्तिका दाहाल, सुवास सजल, संप्रस पौडेल, समर्पण न्यौपाने, सञ्जित श्रेष्ठ, देवराज तिवारी, राजकुमार लामिछाने, माधव पोखरेल, हयग्रीव आचार्य, ऋषिराम पोखरेल आदि सर्जकहरुले भ्रष्टाचार विरुद्धमा विविध रचनावाचन गरेका थिए । कार्यक्रमलाई रेडियो निकासले प्रत्यक्ष प्रशारण गरेको थियो ।
पहिलो दिनको कार्यक्रम खर्च सहयोग बैकुण्ठ लामिछाने र दोस्रो दिनको कैलाश ढकालले गरेका हुन् । कार्यक्रममा साहित्य सर्जक, व्यापारी, स्थानीय, पत्रकार, बटुवाहरुको सहभागिता रहेको थियो । दैनिक कार्यक्रम अन्तर्गत मंगलबार संगमचोकमा रचनावाचन हुने संयोजक निमेष निखिलले बताए । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा आयोजित कार्यक्रम दीपक गौतमले सहजीकरण गरेका हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*