बोलेरोको ठक्करबाट बालकको मृत्यु

साझाकुरा
२०८० जेष्ठ ४, बिहीबार ११:५४

हेटौडा-हेटौंडा उपमहानगरपालिका वडा नं. ११ नमूना चोकमा बोलेरो पिकअपको ठक्करबाट नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुमी डिङ्डुङको छोरा दुई वर्षीय समर लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । बुधबार बिहान सिमलटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नम्बरको बोलेरो गाडीले ठक्कर दिंदा समर घाइते भएका थिए । उनको उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा बिहान पौने ८ बजे चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता कार्कीले बताए । गाडी र चालक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*