बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
हेटौंडा-जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा यात्रुबाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।वडा नम्बर–६ नयाँबस्तीमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख १७४० नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको हो । यात्रुबाहक बसले ठक्कर दिँदा मनहरी–७ सुनाचुरीकी ७१ वर्षीया मनमाया थिङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । महिलाको हेटौंडा अस्पतालका डाक्टरहरुले मृत घोषणा गरेका थिए । बस र चालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।







