थाहाबाट १८ पोका गाँजासहित एक जना पक्राउ
हेटौंडा-जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका वडा नम्बर–२ फेदीगाउँबाट प्रहरीले गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले स्थानीय ५५ को सूर्य तामाङको घरमा लुकाइ राखेको १८ पोका गाँजा बरामद गरेको हो । गाँजासहित तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।गाजाँ लुकाएर राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक माओत्सेतुङ गुरुङको कमाण्डमा ७ जनाको टोली खटी गई घर खानतलासी गर्दा १८ वटा साना पोकाहरु गाँजाको धुलो फेलापारेको प्रहरीले जानकारी दिएको छ ।







