राहत शिक्षक समिति मकवानपुरगढीमा अधिकारी

साझाकुरा
२०८० जेष्ठ १३, शनिबार ०९:३४

हेटौंडा-नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाको अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन् । मकवानपुरगढी कुर्लेदमारस्थित बंशगोपाल माविमा शुक्रबार भएको दोस्रो पालिका अधिवेशनले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गीता तिमल्सिना, महिला उपाध्यक्षमा देवकी तिमल्सिना, सचिवमा बिक्रम चौरेल, सहसचिवमा सन्तोषी पुलामी, र कोषाध्यक्षमा रन्जितसिंह नायक छन् ।

त्यस्तै सदस्यहरुमा कृष्ण आचार्य, सावित्री फुँयाल, जानुका कार्की, शुभद्रा भट्ट, शोभा न्योपाने, रत्नमाया गोले, गान्दीप हुमागाई छन् । अधिवेशनले बागमती प्रदेश प्रतिनिधिमा राजुप्रसाद गौतम र मन्दिरा घिमिरे तथा सल्लाहकारमा मनकाजी घलान, कबिता थापा र जानुका बस्नेतलाई चयन गरेको छ ।नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष राजुप्रसाद गौतमको अध्यक्षता एवं शिक्षक महासंघ मकवानपुरका जिल्ला सदस्य तथा मकवानपुरगढी उपाध्यक्ष राजुप्रसाद सन्जेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल राहत शिक्षक समिति मकवानपुरका जिल्ला अध्यक्ष जीवन तिमल्सिना, सचिव शम्भु पराजुली, शिक्षक महासंघ मकवानपुरगढी गाउँपालिका सचिव भवनाथ गौतम, एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुर जिल्ला सदस्य यादव अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*