विडारीलाई राष्ट्रिय खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार

साझाकुरा
२०८० जेष्ठ १३, शनिबार ०९:३७

हेटौंडा- साझाकुरा राष्ट्रिय दैनिक पत्रिकाका पूर्व सम्पादक,एवम् नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पत्रकार सुवास विडारीलाई राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रमकाबीच विडारीलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय डिगबहादुर लिम्बुको हातबाट पुरस्कार वितवरण गरिएको थियो। युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि २०७६ अनुसार विडारीसहित देशभरका दशजना सञ्चारकर्मीलाई नगदसहित सम्मान गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*