लैगिंकहिंसा, साइबर क्राइम र तनावसम्बन्धी तालिम
हेटौंडा-युवा लक्षित लैगिंकहिंसा र साइबर क्राइम न्यूनीकरण तथा तनाव व्यवस्थापन सम्बन्धी तीन दिने तालिम शनिबारदेखि हेटौंडामा सुरु भएको छ । प्रदेश युवा परिषद, बागमती प्रदेश हेटौंडाको सहयोगमा गैरसरकारी संस्था महासंघ मकवानपुरले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम नेकपा एमालेका बागमती प्रदेश सांसद एकालाल श्रेष्ठको प्रमुख आतिथ्य तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक रेग्मीको विशेष आतिथ्यमा भएको थियो ।
गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, राष्ट्रिय मानवअधिकार आयोगकी रेवा रेग्मी, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका उपाध्यक्ष कमल विश्वकर्मा, अधिवक्ता मदनकुमार दाहाल, नर्सिङ संघ मकवानपुरकी उपाध्यक्ष निर्मला ब्लोनलगायतको आतिथ्य रहेको उद्घाटन कार्यक्रम गैरसरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा ओमशान्तिका डा. विजयराज सिग्देल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायवउपरीक्षक (डिएसपी) टेकबहादुर कार्की, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रतिनिधिलगायतले सहजिकरण गरेका छन् । कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल नर्सिङ संघ, राष्ट्रिय अपाङ महासंघ, नागरिक संघसंस्थाका प्रतिनिधि, श्रमिक, युवा, विद्यार्थीसहित ७५ जनाको सहभागिता रहेको छ ।







