रानी सामुदायिक वनमा नेतृत्व विकास तालिम

साझाकुरा
२०८० जेष्ठ १४, आईतवार १२:२०

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नेतृत्व तथा क्षमता विकास तालिम भएको छ ।समूहको चालु आर्थिक वर्ष २०७९÷८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार शनिवार तालिमको आयोजना गरिएको हो ।

वन समूहको कार्यसमितिका पदाधिकारी, लेखा समिति, सल्लाहकार, कर्मचारी, महिला उपसमिति र उपभोक्ताको क्षमता विकास गरी समूह सञ्चालनमा सहजता ल्याउन तालिमको आयोजना गरिएको हो । तालिममा राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाप्रमुख रामेश्वर अर्याल र नेपाल पत्रकार महासंघ, बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलालले सहजीकरण गरेका थिए ।

हेटौंडा–६ का वडाअध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम वन समूहका उपाध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, वन समूहका सल्लाहकार बलराम अधिकारी, कार्यसमिति, लेखासमिति, सल्लाहकार, महिला उपसमिति, कर्मचारी र उपभोक्ता समेत ३५ जनाको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*