थाहामा ‘पर्यटन साहित्य उत्सव’
हेटौंडा-जिल्लाको पर्यटकीय गन्तव्य थाहा नगरमा साहित्य संगम मकवानपुरको आयोजना, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, थाहा नगरपालिका र पालुुङ साहित्य परिषद्को सहकार्यमा पर्यटन साहित्य उत्सव, २०८० आयोजना भएको छ ।उत्सवमा काठमाडौं, मकवानपुर र देशका विभिन्न जिल्लाका साहित्यकारको सहभागिता रहेको थियो । थाहा नगरपालिकाको पालङुमा रहेको विकास घरमा आयोजना गरिएको उत्सवमा साहित्यका विभिन्न पाटाहरुमा बहस, अन्र्तक्रिया र रचनावाचन भएका थिए ।
साहित्य संगम मकवानपुरको एकसय ३१ औँ साहित्य सन्ध्याको अवसरमा ‘पर्यटनका लागि साहित्य’ भन्ने मुुल नाराका साथ उत्सवको आयोजना गरिएको थियो । उत्सवमा शुक्रबार गजल महफिलको आयोजना गरिएको थियो । गजलकार बाबुु त्रिपाठीले सहजीकरण गरेको महफिलमा धर्मराज स्याङ्तान, इन्दिरा अधिकारी, विद्या निर्दोष पहाडी, विनिता महत, श्रीराम अधिकारी, भरतप्रमोद दाहाल, सुवास संजेललगायतका गजलकारले सभाहललाई गुञ्जयमान बनाएका थिए ।
महफिलमा ३५ जना साहित्यकारको उपस्थिति रहेको थियो । त्यसैगरी, दोस्रो दिन शनिवार नियमित साहित्य सन्ध्या, कार्यपत्र प्रस्तुुती, बहस तथा कवितावाचन कार्यक्रम भएका थिए । मकवानपुरमा पर्यटन साहित्यः सम्भावना र चुनौती विषयक कार्यपत्र निमेष निखिलले प्रस्तुुत गरेका थिए भने कार्यपत्रमाथि टिप्पणी साहित्यकार सुवास खनालले गरेका थिए । उक्त कार्यपत्र माथि सहभागी साहित्यकाले आआफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको दोस्रो सेसनमा ‘साहित्यसँगै पर्यटनः आन्तरिक पर्यटनको प्रदीपन’ भन्ने शीर्षकमा बहस गरिएको थियो ।
जसका वक्ताका रुपमा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, भाषा, संस्कृति अध्येता ओम रिजाल, तथा साहित्यकार माया मानवीले पर्यटन प्रवद्र्धन गर्नका लागि सल्लाह सुुझाव र चुनौतीमाथि धारणा व्यक्त गरेका थिए । कार्यक्रमका वक्ताले पर्यटनलाई साहित्यसँगै जोडेर लैजाने हो भने पर्यटन क्षेत्रको प्रचार र विकासमा अझ मद्दत पुुग्ने बताएका छन् । उनीहरुले स्थानीय सरकारले साहित्यलाई अनुत्पादक क्षेत्रको रुपमा राख्ने गरेको उल्लेख गर्दै पर्यटनमार्फत् भाषा, संस्कृति र पर्यटन क्षेत्रलाई महत्वपूर्ण टेवा पुुग्ने बताए ।
संगमका कोषाध्यक्ष मनोज पोखरेलले सहजीकरण गरेको बहस कार्यक्रममा साहित्यकार देवराज खरेलको अभिभावकत्व रहेको थियो । उत्सवमा पर्यावरणसँग सम्बन्धित कवितावाचन कार्यक्रम आयोजना गरिएको थियो । पर्यावरण कवितावाचन सेशनमा भावना सापकोटा, पुुण्यशिला श्रेष्ठ, रजनी पौडेल, ज्योत्सना श्रेष्ठ, सुुदीप गिरी, प्रज्वल अधिकारी, सुुरज पराजुली, नवराज बर्तौला, बाबु त्रिपाठी, प्रकाश समिर, राम बर्तौला, रसिक राज, श्यामकुमार बानियाँ, देवराज तिवारी, विशाल अधिकारी, संप्रश पौडेल, मसान उपासक, अञ्जय प्रधान, यस लामा, चिरञ्जीवी लामिछाने, वैकुठ लामिछानेलगायताका रचनावाचन गरेका थिए ।
महाकाव्यकार नवराज लम्सालको अभिभावकत्व रहेको सो कार्यक्रमको सहजीकरण संगमका उपाध्यक्ष सानु खनालले गरेका थिए । उत्सव साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा थाहा नगरपालिकाका नगरप्रमुुख विष्णुु विष्टको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि विष्टले देशको संघीय राजधानीसँग जोडिएर पनि मकवानपुुर पर्यटन क्षेत्रको ओझेलमा परिरहेको बताए । मकवानपुरको थाहा नगरपालिकालाई पर्यटकीय क्षेत्रको हब बनाउने गरी थाहा नगरपालिकाले काम गरिरहेको उनले बताएका छन् ।
विश्वका अग्ला शिखरदेखि कलासंस्कृति, मानव सभ्यता, भौतिक निर्माण, विभिन्न प्रजातिका फलफूल, जडिबुटी, चिसो हावापानी र सुन्दर भौगोलिक बनावट र प्राकृतिक सुन्दरका लागि दामन धनी रहेको नगरप्रमुख विष्टले बताए ।चैत वैशाखमा लालिगुराँसले ढकमक्क हुने यो ठाउँमा यतिबेला आन्तरिक पर्यटनको घुुँइचो लाग्न थालेको छ । तर, यहाँबाट वाह भनेर गएकाहरु किन फेरि फर्केर बसोबासको लागि या अन्य कर्म गर्नका लागि यहाँ आउँदैनन् यो चाहि चिन्ताको विषय भएको विष्टले उल्लेख गरे । एकपटक आएकाहरुलाई फेरि आउने वातावरण बनाउन थाहा नगरपालिकाले अध्ययन गरेर काम गरिरहेको उनले बताए । त्यसैगरी थाहा नगरपालिकाका उपप्रमुुख भरत गोपालीले साहित्यमा लगानी गरेर पर्यटन भित्राउन साहित्यिक संघसंस्था र साहित्यकारको सहयोग आवश्यक रहेको बताए ।
उनले साहित्यमार्फत् पनि पर्यटन क्षेत्रको प्रचारप्रसार र विकास सम्भव छ भन्ने बल्ल बुुझ्दै गएको उल्लेख गरे । उपप्रमुुख गोपालीले साहित्यसँग मन मुटुजोडिएको र आगामी दिनमा साहित्यलाई अझ माथि उठाउन विभिन्न कार्यक्रमको आयोजना गरिने प्रतिवद्धता व्यक्त गरे । उत्सवमा साहित्य संगम मकवानपुरका पूूर्वअध्यक्षहरु निमेष निखिल, श्यामकुमार बानियाँ, सुवास खनाल, पालुुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अञ्जान, भीम विराग साहित्य कला प्रतिष्ठान, आँचल साहित्य कला पुञ्ज, सिस्नुपानी नेपाल मकवानपुर, नेपाली लेखक संघ, गजल मञ्च मकवानपुरगायत मकवानपुर जिल्लाका विभिन्न साहित्यिक संघसस्था तथा साहित्यकारको उपस्थिति रहेको थियो ।







