लटाराम्मेश्वमा झरनाको साहित्यिक पदयात्रा

साझाकुरा
२०८० जेष्ठ १६, मंगलवार ०९:१४

हेटौंडा-झरना साहित्यिक परिवारले सोमबार बकैया–ठि·न–लटाराम्मेश्वर साहित्यिक पदयात्रा गरेको छ । साहित्यकारको यस्तो यात्रा हालैमात्र सुरु भएको हो । हेटौंडाका प्रेक्षालयमा रचनावाचन गर्दै आएका साहित्यकारहरु पदयात्रा गरी अनकण्टारमा पुगेर प्रकृतिमय भएर रचना सुनाउन र सुन्न थालेका छन् । झसापको २९० औँ साहित्य शृङ्खलाको अवसरमा ८० जनाको टोली सो क्षेत्रमा पदयात्रा गरेको हो । यात्राबाट फर्कनेक्रममा ज·लको बीचमा झसाप अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा रचनावाचन गरिएको थियो । कार्यक्रमलाई सचिव मसान उपासकले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बकैया गाउँपालिका प्रमुख धर्मराज दाहाल, निमित्त प्रशासकीय अधिकृत मिलन दुलाल, बकैया गापा वडा नं. ८, ९, ११ र १२ का वडाअध्यक्षहरु, पुरस्कार संस्थापक तुल्सी गिरी, नेपाली भाषा शिक्षण समिति मकवानपुरका अध्यक्ष केशव सञ्जेललगायत शिक्षक, कर्मचारीलगायतको सहभागिता थियो । साहित्य सर्जकहरु केशव समर्पण, दीपक गौतम, चिरञ्जीवि लामिछाने, छवि अनित्य, सानु खनाल, डिबी बर्तौला, हरि पौड्याल, विशाल अधिकारी आशुतोष, यश लामा, स्वस्तिका दाहाल, अमृता लामिछाने, स्वस्तिका बानिया, प्रयासी प्रविना पौडेल आदि यात्रामा सहभागी थिए । विभिन्न स्थानको पदयात्रा, महोत्सव, बहस, अन्तरक्रिया, स्रष्टा सम्मान तथा साहित्यिक कार्यशाला सञ्चालन गरिरहेको झसाप यस क्षेत्रको सक्रिय संस्था हो ।

यात्रा गरिएको बकैया गाउँपालिकाको लटाराम्मेश्वर पछिल्लो पटक पदयात्रीहरुको रोजाईमा रहेको पदयात्रा मार्ग हो । आजै मात्रै २०० माथि पदयात्री सो स्थानमा पुगेका छन् । विकट भौगोलिक स्वरुपका कारण कठिन तर रोचक यात्रा रहने ललितपुरका ४७ जनाको टोलीमध्येका एक पदयात्रीले बताए । सो स्थलमा स्थानीय तहले पैदल यात्राका लागि बाटो विस्तार, छेकबार लगायतका व्यवस्थापन तथा निर्माण कार्य गरिरहेको छ ।

त्यसलाई अझ सुधार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउने र अन्य स्थानभन्दा भिन्न हावापानी, हुस्सुले ढाकिरहने विशाल पर्वतहरुको सिंहावलोकनका लागि यस स्थानलाई स्तरोन्नति गर्नेतर्फ ध्यान दिइएको जनप्रतिनिधिले बताएका छन् । यात्रालाई गोपालबहादुर न्यासुर
(वडाध्यक्ष, वडा नं. ११, बकैया) र ज्ञानेन्द्र बजगाईँ (वडाध्यक्ष, वडा नं. १२, बकैया) ले प्रायोजन गरेका थिए ।

मकवानपुरका साहित्यिक संस्थाहरुले साहित्यिक यात्रा, पदयात्रा, महोत्सव रचनावाचन, प्रतियोगिताहरु सक्रियरुपमा सञ्चालन गर्दै आइरहेका छन् । जिल्लाको पर्यटकीय गन्तव्य थाहा नगरमा साहित्य संगम मकवानपुरको आयोजना, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, थाहा नगरपालिका र पालुुङ साहित्य परिषद्को सहकार्यमा पर्यटन साहित्य उत्सव, २०८० आयोजना भएको थियो ।

उत्सवमा काठमाडौं, मकवानपुर र देशका विभिन्न जिल्लाका साहित्यकारको सहभागिता रहेको थियो । थाहा नगरपालिकाको पालङुमा रहेको विकास घरमा आयोजना गरिएको उत्सवमा साहित्यका विभिन्न पाटाहरुमा बहस, अन्र्तक्रिया र रचनावाचन भएका थिए । साहित्य संगम मकवानपुरको एकसय ३१ औँ साहित्य सन्ध्याको अवसरमा ‘पर्यटनका लागि साहित्य’ नाराका साथ उत्सवको आयोजनागरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*