विश्व वातावरण दिवस साप्ताहिक कार्यक्रम सुरु
हेटौंडा-विश्व वातावरण दिवस–२०८० को सप्ताहव्यापी कार्यक्रमको मंगलबार पहिलो दिन राप्ति खोला विशेष सरसफाई कार्यक्रम गर्दै सुरु भएको छ । टोल विकास संस्था नगरसमन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सरसफाई कार्यक्रम भएको हो ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष फूर्वा लामा, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, वातावरण शाखाप्रमुख चन्दा खड्का, डिभिजन वन कार्यालयका प्रमुख बिष्णु आचार्य, सहायक वन अधिकृतहरु, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं लगायतको सहभागिता रहेको थियो ।
नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समावसेवी, कर्मचारी, सुरक्षकर्मी, वातावरणप्रेमी स्थानीयको सहभागिता रहेको थियो । टोल विकास संस्थाका प्रतिनिधि, सामुदायिक प्रहरी सेवाकेन्द्रका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली लगायतको सहभागी थिए । कार्यक्रममा ३ सय ५० जना भन्दा बढीले राप्ती खोलामा रहेका फोहर संकलन गरेको टोल विकास नगर समन्वय समितिले जनाएको छ ।







