स्वरोजगार बनाउन बाख्रा वितरण

साझाकुरा
२०८० जेष्ठ १८, बिहीबार ०९:३९

हेटौंडा-थाहा नगरपालिका वडा न ४ ले एकल तथा बिधवा महिलालाई स्वरुोजगार बनाउनका लागि बीउ बाख्रा वितरण गरेको छ । मंगलबार वडा कार्यालयले वडाभित्रका २५ जना एकल महिलालाई बाख्रा वितरण गरेको हो ।वडाअध्यक्ष नारायण लामाका अनुसार वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुरुप आर्थिकरुपमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत वडाले एकल महिला बाख्रा वितरण गरिएको बताए । आर्थिक तथा सामाजिक सूचाङ्कका आधारमा पछि परेका महिलालाई जीविकोपार्जन गर्ने उद्देश्यले स्थानीय जातका बाख्रा वितरण गरिएको कार्यक्रमका सहजकर्ता तथा पशु विकास शाखा प्रमुख राघवेन्द्र मिश्रले बताए ।

बाख्रा वितरण कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले ‘एकल महिलाको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरण गरेका छौँ,’ उनले भने, ‘बाख्रा पालनबाट महिलाको जीवनस्तर माथि उठाउन टेवा पुग्ने छ।’ साथै उनले आगामी वर्ष अरु वडामा बाख्रा वितरण गर्दा यही वडाबाट उत्पादित बाख्रा
वितरण गर्न पाइए त्यो नै उपलब्धि हुने बताउदै बाख्रापालन सजिलो पेशा तथा राम्रो आयआर्जन गर्न सकिने व्यवसाय भएको उनको भनाई छ ।

वडाबाट बाख्रा पाएपछि खुसी हुँदै इन्दिरा केसीले यसले आफ्नो आर्थिक सुधारमा टेवा पुग्ने बताइन् । वडाले दिएको बाख्राबाट संख्या वृद्धि गर्दै आगामी दिनमा राम्रो आम्दानी लिने उनको भनाई छ । यसअघि महिलालाई पशु विकास शाखाले बाख्रापालनसम्बन्धी ३ दिने तालिम समेत दिएको थियो । बाख्रा वितरण कार्यक्रममा कृषि शाखा प्रमुख संजय तिवारी, वडासदस्य शुन्दरराज केसी, वडाका पशुप्राविधिक रुपेशकुमार मिश्रलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*