वातावरण दिवसमा सचेतना ¥याली

साझाकुरा
२०८० जेष्ठ २१, आईतवार १२:०२

हेटौंडा-टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ को आयोजनामा विश्व वातावरण दिवसको अवसरमा सचेतना ¥याली गरिएको छ । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वातावरण दिवसको सन्दर्भमा १६ गतेदेखि सुरु भएको विविध गतिविधि सचेतनामूलक ¥याली तथा पुरस्कार वितरण गरिएको हो । सचेतना ¥यालीमा झोलु·े पुल टोलविकास संस्था प्रथम भएको छ । यसैगरी लालिगुराँस टोलविकास संस्था दोस्रो, जिम्वाडांडा टोलविकास संस्था तेस्रो भएको आयोजकले जनाएको छ । यसैगरी गणेशस्थान टोलविकास संस्था र प्रगति टोलविकास संस्थाले सान्त्वना पुरस्कार प्राप्त गरेको थियो । सबैलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बालक्ल्ब स्तरीय हाजिरीजवाफ र बतृत्वकला प्रतियोगिता पहिलो, दोश्रो तेश्रो र चौथो हुनेलाई समेत प्रमाणपत्र र नगद पुरस्कारबाट सम्मान गरिएको थियो ।

कार्यक्रममै महिला उद्यमी बिमला थापा र बिमला बर्तौला र नगरस्तरिय बृहत् उद्यमी प्रदर्शनी तथा नृत्य प्रतियोगितामा चौथो हुनेलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो । ¥यालीको मूल्यांकन सहभागी संख्या, झांकी, पोषाकको आधारमा पत्रकार सरिता दाहाल, आनन्दभैरव आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद खनालले बर्षभरिको गतिविधिको आधारमा टोल विकास संस्था नगर समन्वय समितिले गरेको थियो । वडानम्बर ११ मा रहेका २३ वटामध्ये १७ वटा टोलविकास संस्थाले ¥यालीमा सहभागिता जनाएका थिए ।

हेटौंडा ११ को वडा कार्यालयबाट सुरु भएको ¥याली बिपन्न बचत तथा ऋण सहकारीको प्रतिक्षालयमा पुगेर पुरस्कार वितरण कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा वडाअध्यक्ष जुना दाहाल टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, रामेश्वर नगरकोटीले कार्यक्रमको महत्व तथा वातावरण संरक्षणमा टोलविकास संस्थाको भूमिकाको बिषयमा धारणा राखेका थिए ।

समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षाता संचालन भएको कार्यक्रममा वडाअध्यक्ष जुना दहालको प्रमुख आतिथ्यता वडासदस्यहरु गोपिनी सापकोटा, विकास नेपाल, गीता सुनार, सञ्जय बिडारी, टोलविकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, नगर सदस्य शिवराज पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*