प्लाष्टिक प्रयोग रोकथाम सन्देशसहित मनाइयो वातावरण दिवस
हेटौंडा-विश्व वातावरण दिवसको अबसरमा सोमबार हेटौंडामा विविध कार्यक्रम आयोजना गरिएको छ ।टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाउपमहानगरपालिकाको आयोजनामा हेटौंडामा ५१ औं विश्व वातावरण दिवस मनाइएको हो । सोमबार विश्व वातावरण दिवसको दिन वातावरणीय सचेतनामूलक बृहत ¥यालि तथा पुरस्कार वितरण र सम्मान कार्यक्रम गरी दिवस मनाइएको हो । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराकासाथ वातावरण दिवस मनाइएको हो । प्लाष्टिक प्रदूषणले विश्वमा असर परिरहेको भन्दै यो वर्ष प्लाष्टिकको प्रयोगलाई रोकथाम गर्न प्रेरित गर्ने उद्देश्यले सरकारले दिवसको नारा तय गरेको छ ।
हेटौंडाका १९ वटै वडामा रहेका टोल विकास संस्थाले आफ्नै क्षेत्रमा र हेटौंडाको मुख्य बजार वरपरका क्षेत्रका टोल विकास संस्थाले बजार क्षेत्रमा ¥याली निकालेर यो दिवस मनाएका हुन् । हेटौंडामा ५१ औँ विश्व वातावरण दिवसको अवसरमा हुप्रचौरबाट सुरु भएको ¥याली शितलमहल चोक, पारिजातपथ, ओम भवन, बुद्धचोक हुँदै रोयल पार्टी प्यालेसमा गएर कार्यक्रम गरी समापन गरिएको थियो । कार्यक्रममा टोल विकास संस्थाको विवरणहरु समेटिएको टोल विकास दर्पण पुस्तिका समेत विमोचन
गरिएको छ ।
टोल विकासमा रहेर वातावरण संरक्षणमा सहयोग पु¥याएको भन्दै रामकृष्ण थापा र वातावरण संरक्षण र अभियान संचालनमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै ज्ञानबहादुर थापालाई वातावरण सम्मान–२०८० द्वारा सम्मान गरिएको थियो । वातावरण दिवसको समापन कार्यक्रममा सप्ताहव्यापी रुपमा आयोजना भएका विभिन्न कार्यक्रममा उत्कृष्ट हुने प्रतियोगीलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा उत्कृष्ट ¥याली पुरस्कारतर्फ विकास टोल विकास संस्था हेटौंडा–८ प्रथम, अब्बल डाँडा टोल विकास संस्था हेटौंडा–५ दोस्रो, सिमलटार टोल विकास संस्था हेटौंडा–११ तेस्रो, मैदा टोल विकास संस्था हेटौंडा–८, सामुदायिक विकास तथा सचेतना नेपाल र पञ्चेबाजा समुह हेटौंडा–१ सान्तवना भएका छन् ।
¥याली कार्यक्रममा १ सय ७० भन्दा बढी संघसंस्थाको उपस्थिति रहेको र करिब ७ हजार भन्दा बढी व्यक्तिको उपस्थिति रहेको टोल विकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए । समापन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले २०८१ जेठदेखि प्लास्टिक झोला रहित हेटौंडा बनाउन अभियान संचालन गरिने बताइन् । कार्यक्रम टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष अधिकारीको सभाध्यक्षतामा तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, भारती पाठक, एकालाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, मकवानपुर जिल्ला प्रहरी प्रमुख बामदेब गौतम, हेटौंडा उपमहानगरपालिकाका वडाअध्यक्षहरु लगायतको उपस्थिति थियो ।







