संगमचोक क्षेत्रमा डष्टबिन र सडक बत्ति

साझाकुरा
२०८० जेष्ठ २३, मंगलवार ०९:४१

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२, स्थित हरिकुञ्ज रोड (संगमचोक क्षेत्र)मा डष्टबिन तथा गमलासहितको सडक बत्ति राखिएको छ । ५१ औं विश्व वातावरण दिवस २०८० को अवसर पारेर २ नम्बर वडा कार्यालयको सहयोगमा हरिकुञ्ज टोल विकास संस्थाले डष्टबिन तथा गमलासहितको सडक बत्ति राखेको हो । डष्टबिन तथा गमलासहितको सडक बत्तिको सोमबार हेटौंडा उपमहानगरकी प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले नगरको सौन्दर्यमा चिन्तित रहेको बताइन् ।

हेटौंडालाई सुन्दर र व्यवस्थित बनाउन आफूले नीतिगत रुपमै कार्ययोजनासहित काम अघि बढाएको लामाले विश्वास दिलाइन् । उनले असम्भव केही नभएको बताउँदै प्रयास गर्न नछोडे लक्ष्य प्राप्तिमा सफलता हात पर्ने आत्मविश्वास जगाइन् ।नगरको विकासका लागि सबैको सकारात्मक सहयोग र सुझाव आवश्यक रहेको उनको भनाई छ । नगरको विकासमा हरिकुञ्ज टोविसको जस्तै सक्रियता अन्य टोविसहरुले पनि देखाउनुपर्ने लामाले बताइन् ।

उपप्रमुख बानियाँले सुर्तिजन्यपदार्थको बिक्री रोक्ने तयारीमा उपमहानगर रहेको बताए । घर अगाडिको बत्तिको संरक्षणको जिम्मेवारीमा दिइएको उनको भनाई छ । २ नम्बर वडाअध्यक्ष विष्णुगोपाल महर्जनले वडाभरी डष्टबिन र सडक बत्तिको व्यवस्थापनमा आफू जुटेको बताए । कार्यक्रममा उपमहानगरको पूर्वाधार विकास महाशाखा प्रमुख इन्जिनियर सत्यनारायण शाह हरिकुञ्ज टोविस अध्यक्ष पूर्णिमा श्रेष्ठ, टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाका अध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*