साइकलप्रेमीको वातावरण दिवस
हेटौंडा- हिमालयन राइडर्स सोसाइटीको आयोजना र हेटौंडा उपमहानगरपालिकाको समन्वयमा विश्व वातावरण दिवस २०८० को उपलक्ष्यमा करिव २ सय जनाले साइकल ¥याली गरेका छन् । हुप्राचौरबाट सुरु भएको साइकल ¥याली हेटौंडा औद्योगिक क्षेत्र, कमाने हुँदै गौरीटार रंगशालाबाट चौघडा, हेटौंडा, बुद्धचोक हुँदै बनस्खण्डी मन्दिरमा पुगेको थियो । बनस्खण्डी मन्दिरसरसफाई कार्यक्रम गरी वातावरणीय सचेतनामूलक साइकल ¥याली सम्पन्न गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँ, विशेष अतिथि शसस्त्र प्रहरी उपरीक्षक अनिल कार्की, वडा नं २ का अध्यक्ष बिष्णुगोपाल महर्जन, वडा नं ५ का अध्यक्ष शुशील घिमिरे, बनस्खण्डी मन्दिर संरक्षक समिति अध्यक्ष राममान श्रेष्ठ, बारा राइडर्सका अध्यक्ष शेषराज अधिकारी रहेका थिए । कार्यक्रमको अध्यक्षता हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा उपमेयर बानियाँले हिमालयन राइडर्स सोसाइटीले साइकलसँगै सरसफाई अभियान चलाइरहेको खुशी लागेको बताए । उपमहानगरपालिकाले सदैव साथ, सहयोग गर्ने बताउँदै हेटौंडालाई साइकलमैत्री सहर बनाउनका लागि मिलेर अगाडि बढ्ने बताए । कार्यक्रममा बिभिन्न बिधामा साइकलसम्बन्धी क्रियाकलापमा सक्रिय साइकलप्रेमीलाइ सम्मान तथा उपस्थित अतिथिलाई मायाको चिनो प्रदान गरिएको सोसाइटीका सचिव लेखनाथ ढकालले बताए ।







