हेटौंडा–१ का २० जना महिलालाई अचार बनाउने तालिम

साझाकुरा
२०८० जेष्ठ ३१, बुधबार ११:१६

हेटौं-हेटौंडा उपमहानगरपालिका वडा नं. १ का २० जना महिलालाई अचार बनाउने सम्बन्धी तालिम प्रदान गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. १ को आर्थिक वर्ष २०७९÷८० को महिला लक्षित कार्यक्रम अन्तर्गत् ८५ हजार रुपियाँ बजेटबाट २० जना महिलालाई अचार बनाउने तालिम दिइएको हो । तालिममा मेथी, करेला, चिकेन र मिक्स अचार गरी चार थरिको अचार बनाउन सिकाइएको प्रशिक्षक विनिता पौडेलले जानकारी दिइन् ।

महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले आयोजित तालिमको मंगलबार एक कार्यक्रमबीच समापन गरिएको छ । कार्यक्रम संयोजन गर्ने संस्था आश्रय नेपालकी अध्यक्ष दुर्गा घोरासाइनीको सभाध्यक्षता तथा वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा तालिम समापन भएको हो ।तालिम समापन गर्दै वडा अध्यक्ष न्यौपानेले पछिल्लो समय अचार खाने प्रचलन बढ्दै गएकोले यसलाई व्यवसायिकरुपमा उत्पादन गर्न सके स्वरोजगार हुन सकिने बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव दिँदै महिलाहरुलाई स्वरोजगार बनाउन सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाइली, वडा सदस्य रामकृष्ण अधिकारी, वडा सचिव शान्तादेवी लौडारी, प्रशिक्षक विनिता पौडेल, बाल क्लब वडा सञ्जाल अध्यक्ष आयुष्मा अर्जेल, प्रशिक्षार्थी प्रविना श्रेष्ठ बज्राचार्यलगायतले तालिमको महत्व र महिला स्वरोजगारको विषय धारणा व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*