३ नम्बर वडामा ‘ग्रेटर नेपाल’को नक्सा

साझाकुरा
२०८० जेष्ठ ३१, बुधबार ११:२०

हेटौंडा-मकवानपुरको थाहा नगरपालिका वडा नं. ३ को कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिएको छ । वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझीले ग्रेटर नेपालको नक्सा राखेका हुन् । भारतले इतिहासमा कतै नभएको नेपालको रुपन्देही कपिलवस्तु राखेर नक्सा बनाउँदा नेपालमा कोही कसैले बोल्ने आँट नगरेकाले जनस्तरबाट सन्देश दिन आफूले यसो गरेको रायमाझीले बताए ।

‘यथार्थलाई झल्काउन खाजेको हुँ, यो हाम्रो पुरानो सांस्कृतिक नक्सा हो’ उनले भने, ‘हाम्रो इतिहास बोकेको नक्सा हो, यस्तो गौरवपूर्ण इतिहास नयाँ पिँढीलाई जानकारी दिन पनि आवश्यक हुन्छ भनेर मेरो सोच आयोे’, रायमाझीले भने । साथै, खेती किसानीको बाहुल्यता रहेको थाहानगरको पहिचान झल्काउने किसानहरुको फोटो पनि सँगै राखेका छन् भने थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टको समेत तस्विर राखेको अध्यक्ष रायमाझीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*