प्लान नेपालको मकवानपुरमा कार्यक्रम ‘फेज आउट’
हेटौंडा-मकवापुरमा लामो समयदेखि बाल केन्द्रित विकास परियोजना संचालन गर्दै आएको एक अन्तराष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रम समापन भएको छ । वुधबार हेटौंडामा बालकेन्द्रित सामुदायिक विकास परियोजनाले (दोश्रो चरण) समापन गरिएको औपचारिक घोषणा गरेको हो । प्लान इन्टरनेशलन नेपालका राष्ट्रिय निर्देशक राम किसनको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सम्बोधन गर्दै प्रमुख घलानले मकवानर जिल्लाका १० वटै स्थानीय तहमा रहेर योगदान पु¥याएको धन्यावाद दिएका थिए ।
सन्् १९३७ मा बेलायती पत्रकार जोन ल्याङ्डन डेभिस र शरणार्थी कार्यकर्ता एरिक मुग्गेरिजद्वारा स्थापना गरिएको ‘प्लान इन्टरनेशनल जस्को उद्देश्य स्पेनको गृहगुद्धबाट प्रभावित बालबालिकालाई खाना, आवास र शिक्षा उपलब्ध गराउने थियो । नेपालमा भने १९७८ देखि प्लान इन्टरनेशनलले सीमान्तकृत बालबालिका, उनीहरुका परिवार र समुदायलाई संरक्षण र सहभागिताको अधिकारमा पहुँच पु¥याउन मद्दत गर्दै आएको थियो । नेपालको ३५ जिल्लामा काम गर्दै आइरहेको प्लान नेपालले हाल सुनसरी, धनुषा, सिन्धुली, मकवानपुर, कास्की, पर्वत, बाँके, वर्दिया, कालिकोट, मुगु, जुम्ला र डोल्पामा काम गरिरहेको थियो ।
१९९५ देखि मकवानपुरमा रहेको प्लान इन्टरनेशनल नेपालले मकवानपुरको १० वटै स्थानीय तहलाई कार्यक्षेत्र बनाएर काम गरेको थियो । विशेषगरी शिक्षा, नेतृत्व निर्णय, बालबालिकाको संरक्षण, बालविकास र स्वास्थ्य खानेपानी तथा सरसफाईका मुद्दामा काम गर्दै आइरहेको थियो । प्लान इन्टरनेशनलले गर्ने सबै कार्यक्रम प्रायोजित र अनुदानबाट आएको सहयोगले नै संस्थाले प्रत्याभूत बालबालिका, उनीहरुको परिवार, उनीहरुको समुदाय र प्रत्याभूतकर्ता वीच सम्बन्ध स्थापना गर्नको साथै विकास प्रक्रिया र समुदायमा
आधारितमा काम गर्दै आईरहेको प्लान इन्टरनेश्नल नेपाल स्पोन्सरसीप मेनेजर शान्ता रजौरेले जानकारी दिइन् । स्पोनसरसीप मेनेजर रजौरेका अनुसार मकवानपुरका १० वटै स्थानीय तहमा हालसम्म १९ हजार बालबालिका प्रत्यक्ष रुपमा स्पोनसरसीप कार्यक्रममा सहभागी भएका थिए । जसमा करीब ७० प्रतिशत बालिकाहरु थिए । २५० जना भन्दा बढी प्रत्यक्षरुपमा प्रत्याभूतकर्ताले उनीहरुको गाउँमा भ्रमण गरेको रजौरेले बताइन् । बालबालिकाले शैक्षिक सामग्री तथा सरसफाइका सामान सम्पूर्ण सहभागी बालबालिकाले पाएका थिए । औषधिउपचारको सहयोग पनि प्राप्त गरेका थिए ।
प्लान इन्टरनेशनल नेपालले मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा तीन विद्यालयमा प्राथमिक कक्षाका लागि नमुना कक्षाकोठाको विकास गरेको थियो । भौतिक सुविधा र शैक्षिक सामग्री पर्याप्त उपलब्ध गराएको थियो । ईन्द्रसरोवर ४ र ५ बालमैत्री वडा घोषणा गर्न सहयोग गरेको प्लान इन्टरनेशनल नेपालका मिहिरकुमार झाले जानकारी दिए । हिंसा प्रभावित बालबालिकाको परिवारलाई सहयोग समेत गरेको संस्थाले ईन्द्रसरोवरमा महाचुली माध्यमिक विद्यालयमा १२ कोठे भवन, शौचालय, घेरावारा, विज्ञान प्रयोगशाला स्थापना, पुराना भवनहरु मर्मत र किशोरीको महिनावारीलाई केन्द्रित गर्दै आवश्यक उपकरणहरु सहित विश्राम कोठाको विकास गरेको झाले बताए ।
त्यसैगरी भीमफेदी गाउँपालिकामा १६ वटा खानेपानी योजना निर्माण÷मर्मत र खानेपाली योजना संचालन एवं सम्बन्धित उपभोक्ता समितिलाई तालिम दिएको थियो । गाउँपालिकामा खुल्ला दिशामुक्त अभियान सहजीकरण गरेको संस्थाले ९ सय ९६ प्रायोजित बालबालिकालाई झोलासहित स्देशनरी सामग्री उपलब्ध गराएको थियो । हिंसारहित आचारसंहिताको विकास, पाठ्यक्रम विकास, लैङिक रपान्तरण, प्रारम्भिक सामाजीकरण र स्टिम शिक्षा दृष्टिकोणमा प्रशिक्षण प्रदान गरिनुका साथै शैक्षिकरुपमा कमजोर बालबालिकाका लागि उपचारात्मक कक्षाहरु प्रदान गरिएको जनाएको छ ।
मनहरी गाउँपालिकामा ६ वटा विद्यालय मर्मतसम्भार तथा १०४ वटा नमुना कक्षाकोठा विकास, अन्तरधर्मीय संवादको प्रचार गर्न सहयोग र बालविबाहविरुद्ध लडाईमा सहयोग गरेको बताइएको छ । संस्थाले हेटौंडा उपमहानगरपालिकामा ८ सय १३ प्रत्याभूत बालबालिकालाई ब्याग सहित स्टेशनरी सामग्री सहयोग गरेको जनाएको छ । कोभिड–१९ को समयमा हेटौंडा उपमहानगरपालिकाका वडा नंम्वर ३, १२, १३, १४, १५ र १९ को २ हजार ४६५ घर परिवारलाई प्रतिपरिवार २ हजार ७ सय ३० रुपैयाँ बराबरको सहयोग गरेको प्लान इन्टरनेशनल नेपालका झाले जानकारी दिए ।
संस्थाले हेटौंडाका चुरियामाई, पदमपोखरी, बासामाडी, सरस्वती, मिलनटोललगायत ठाउँमा १३ वटा सामुदायिक खानेपानी योजना निर्माण र क्षमता अभिवृद्धि तालिम संचाल गरेको थियो । उपमहानगरको एक विद्यालय मर्मत सम्भार तथा ४ वटा नमुना कक्षाकोठा विकास गर्नुका साथै पालिकाको बालसंरक्षण नीति तयार गर्न सहयोग, बाल अधिकार संरक्षण रणनीति लागु गर्न सहयोग र बालकोष स्थापना गर्न सहयोग गरेको जनाएको छ ।
मकवानपुरगढी गाउँ पालिकामा संस्थाले २ वटा विद्यालय मर्मतसम्भार तथा २४ वटा नमुना कक्षाकोठा विकास गर्नुका साथै ७ समुहमा १४० भन्दा बढी अभिभावकलाई समरात्मक अभिभावक सम्बन्धी विषयमा छलफल गराई सचेत बनाइएको थियो । संस्थाले कैलाश गाउँपालिका, बकैया, बागमती, गाउँपालिकामा पनि विभिन्न कार्यक्रमहरु गरेको थियो । मकवानपुरका २ सय भन्दला बढी विद्यालयका बालबालिकालाई एक हप्ते तालिम प्रदान गरी बाल भित्तेपत्रिका प्रकासन गर्ने, बालक्लव स्थापना गर्ने सुदृढ गर्ने जस्ता काम गरेको थियो ।
कार्यक्रममा संस्थाबाट सहयोग प्राप्त गरी सफालता हाँसिल गरेका अशोक सुजन श्रेष्ठ (जगत टीभी सञ्चालक) सागर लामा (सिआईएन), रमा उप्रेती (ईन्द्रसरोवर गाउँपालिकाका अधिकृत), रसिला उप्रेती (एससी) को आमाले पनि संस्थालाई धन्यावाद दिएका थिए । कार्यक्रममा मकवानपुरका १० वटै पालिकाप्रमुख, उपप्रमुखहरुको आथिथ्यता रहेको थियो । प्लानले मकवानपुरमा संचालन गरेका सम्पूर्ण कार्यक्रम आगामी दिनमा निरन्तरता दिन नसकिने बताइएको छ । कुनै समयमा जिल्ला विकास समितिको वार्षिक विकासका बजेट भन्दा बढी रकम प्लान मकवानपुरले खर्च गर्ने गरेको थियो ।







