न्यायिक अभिमुखीकरण तालिम

साझाकुरा
२०८० असार १, शुक्रबार १०:४३

हेटौंडा- हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा न्यायिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
हेटौंडा(१ का वडा सदस्य रामकृष्ण अधिकारीको सभाध्यक्षता तथा वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले तालिम दिएका थिए ।

उनले जिम्मेवार सार्वजनिक पदमा रहेर काम गर्ने क्रममा विभिन्न खालका कानुनी अड्ेचनहरु आउने भन्दै त्यसलाई चिर्न कानूनको विषयमा जानकारी राख्नुपर्ने बताए । उनले त्यसलाई सहजीकरण गर्न तालिम आयोजना गरिएको बताए ।कार्यक्रममा वडा अध्यक्ष न्यौपानेले सामुदायिक वन, विद्यालय, टोल विकास संस्था, खानेपानी उपभोक्ता समितिलगायत वडास्तरको समितिमा बसेर काम गर्ने क्रममा विभिन्न कानूनी झन्झटहरु आउने गरेको भन्दै त्यसलाई न्यूनीकरण गर्न तालिम फलदायी भएको बताए ।

कार्यपालिका सदस्य ईश्वरी रसाइलीले स्वागत गरेको कार्यक्रममा वडाका टोल विकास संस्था, विद्यालयका प्रधानाध्यापकहरु, विव्यस अध्यक्षहरु, बालक्लब सञ्जालका पदाधिकारीहरु लगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*