मयुरधापबाट लागूऔषधसहित ढुंगाना पक्राउ

साझाकुरा
२०८० असार ४, सोमबार १०:३८

हेटौंडा-हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मयुरधापबाट प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ परेकाछन् ।प्रहरीले स्थानीय २८ वर्षीय रुपेश ढुंगानालाई लागूऔषध सहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बा.प्र.०२–०२३ प १३७२ नम्बरको मोटरसाइकलमा सवार ढुंगानालाई रोकेर जाँच गर्दा उनले बोकेको झोलाबाट २ सय ३३ बोतल लागूऔषध ओनरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।उक्त लागूऔषध र मोटरसाइकलसहित ढुंगानालाई नियन्त्रणमा लिइएको डिएसपी कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*