वनकरियालाई पाडी वितरण

साझाकुरा
२०८० असार ५, मंगलवार ११:२८

हेटौंडा- मनहरी गाउँपालिकाले सीमान्तकृत वनकरीया जातिलाई पाडी वितरण गरेको छ । मनहरी गाउँपालिका वडा नं ४ मा बसोबास गर्दै आएका नेपालकै लोपोन्मुख र सीमान्तकृत वनकरीया जातिलाई पाडी वितरण गरीएको हो ।सोमबार सोही बस्तीमा पाडी हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उनीहरुको जीविकोपार्जनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

सीमान्तकृत वनकरीयालाई संरक्षण मात्र नभई उनीहरुलाई आयआर्जनमा पनि स्थानीय सरकारले सहयोग पु¥याउँदै अघि बढेको उनको भनाई छ । ४ नं वडाअध्यक्ष प्रकाश थापाले ६ वर्षसम्म पाडीको राम्रो स्याहारसुसार गर्दै हुर्काउन सके वनकरीया जाति आत्मनिर्भर हुने बताए । उनले भने, ‘अबको २ देखि ३ वर्षसम्ममा यसले उत्पादन सुरु गर्छ जसबाट थप पाडापाडी हुन्छ र दुध बेचेर राम्रो आयआर्जन गर्न सकिन्छ’ ।

यसमा तपाइको मत

Your email address will not be published.


*