भीमफेदीमा कार दुर्घटनाः चालकको मृत्यु

साझाकुरा
२०८० असार ६, बुधबार १०:२९

हेटौंडा- जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर ८ गगटेस्थित कान्तिलोकपथ सडक खण्डबाट कार खोचमा खसेर दुर्घटना भएको छ ।दुर्घटनग्रस्त कारसँगै भीरमा खसेका चालक मृत भेटिएका छन् । नेपाल प्रहरी र नेपाल आर्मीको संयुक्त टोलीले चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडी बस्ने ३० वर्षीय विवेक लामालाई भीरको बीच भागबाट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बीएसी ०५३७ नम्बरको कार मंगलबार दिउँसो आफै अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खोचमा खसेको प्रवक्ता कार्कीले जानकारी दिए ।कारमा भीमफेदी गाउँपालिका–५ बस्ने ४५ वर्षीय राजकुमार बल र चालक लामा सवार थिए । बल कारबाट खसेर दुर्घटनास्थल माथि नै अड्किएका थिए भने चालक कारसँगै भिरमा खसेका थिए । कारबाट खसेर घाइते भएका बललाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*