थाहाका स्याङतान लागूऔषधसहित पक्राउ

साझाकुरा
२०८० असार ७, बिहीबार ११:०९

हेटौंडा-काठमाडौं चन्द्रागिरी नगरपालिका–२ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–६ बस्ने २३ वर्षीय नीमा स्याङतान र धादिङ थाक्रे गाउँपालिका–७ बस्ने २४ वर्षीय बीरे तामाङ रहेका छन् ।प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले उनीहरुलाई ८ सय ग्रामसहित सोमबार राति पक्राउ गरेको हो । धुनीबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.९१ प ४५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार स्याङतान र तामाङलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, मकवानपुरको मनहरी गाउँपालिका–८, सिम्पानीबाट लागुऔषध गाजाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण राउत थारु रहेका छन् । पूर्व–पश्चिम सडक खण्डमा शंकास्पद रुपमा बसिरहेको थारुलाई ईलाका प्रहरी कार्यालय, मनहरी मकवानपुरबाट खटिएको टोलीले लागुऔषध गाजाँ सहित नियन्त्रणमा लिएको हो । उनको साथबाट ४ किलोग्राम लागुऔषध गाजाँ बरामद गरिएको बामगती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*