चौकीटोलमा टिपरले स्कुटरलाई ठक्कर दियो
हेटौंडा- हेटौंडा उपमहानगपालिका–१, चौकीटोलमा शनिवार साँझ टिपरले स्कुटरलाई ठक्कर दिएको छ ।चौकीटोलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा अगाडि तीव्र गतिमा आएको टिपरले दुई जना सवार स्कुटरलाई ठक्कर दिएको हो । ठक्कर दिने टिपरसहित चालक फरार रहेका छन् । प्रहरीले घटना लगत्तै टिपर र चालकको खोजी गरेको थियो ।
समाचार तयार पार्दासम्म स्कुटरमा सवार २५ वर्षीय सुनिल कपालीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । स्कुटर चालक र गम्भिर घाइते भएका कपालीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । प्रहरीले ठक्कर दिने टिपरको नम्बर नखुलेको र खोजी गरिरहेको जनाएको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।







