मिस्टर मकवानपुर आज, ४५ खेलाडी सहभागी बन्दै

साझाकुरा
२०८० आश्विन १३, शनिबार १२:३०

हेटौंडा-नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा आज शनिवार हेटौंडामा पहिलोपटक मिस्टर मकवानपुर भेट्रान्स तथा महिला फिजिक्स प्रतियोगिता हुने भएको छ ।शनिबार हुने मिस्टर मकवानपुर–२०८० मा विभिन्न तीन विधा गरी ४५ खेलाडीको सहभागिता रहने महासंघका अध्यक्ष राजेश भेटवालले बताए । शुक्रबार कार्यक्रम हुने स्थलमै पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा मिस्टर मकवानपुर, वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप, मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्पर्धा हुने बताएका छन् ।

मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ भने महिला खेलाडीलाई शारीरिक सुगठनतर्फ आकर्षण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा अन्तरगत खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराईने अध्यक्ष भेटवालले बताए ।मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तरगत पनि खुल्ला तौल समूहमा प्रतिस्पर्धा गराईने भेटवालले बताएका छन् । मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई ३० हजार नगद सहित ट्रफि, मेडल प्रदान गरिने कार्यक्रम संयोजक सुनील लोप्चनले बताए । प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद सहित सम्मान गरिने जनाइएको छ ।

साथै पुराना खेलाडी र खेलको प्रवद्र्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । कार्यक्रम हेटौंडा–२ स्थित पल्पसा हलमा अपरान्ह ४ बजेदेखि मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम सहित हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*