जनज्योति तेक्वान्दो डोजाङ जिल्ला प्रथम

साझाकुरा
२०८० आश्विन २२, सोमबार ११:१५

हेटौंडा- जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा जनज्योति तेक्वान्दो डोजाङ प्रथम भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा भएको १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा जनज्योति प्रथम भएको हो ।हेटौंडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगितामा कर्रा तेक्वान्दो डोजाङ द्वितीय र मकवानपुर तेक्वान्दो डोजाङ तृतीय भएका छन् । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय भएको समूहले शिल्ड प्राप्त गरे । यस्तै, प्रतियोगिताको महिलातर्फ २० केसी तौलसमूहमा नामटार तेक्वान्दो डोजाङको सन्जिता घिमिरे, ४० देखि ४५ केजी तौलसमूहमा जनज्योति तेक्वान्दो डोजाङको सृजना कुवँर उत्कृष्ट खेडाली घोषित भएका छन् ।

पुरुषतर्फ ३२ देखि ३६ तौलसमूहका इन्द्रसरोवर तेक्वान्दो डोजाङको पेम्बा लामा र ५८ देखि ६२ केजी समूहका कर्रा डोजाङका अमन माझी उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३ सय खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६२ केजी तौलसम्म तथा महिलातर्फ २० केजीदेखि ५८ केजी तौलसमूहमा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको विजेता र उपविजेताका लागि मकवानपुर जिल्ला खेलकुद विकास समितिले शिल्ड उपलब्ध गराएको छ । टाढाबाट आएका खेलाडीका लागि जिल्ला खेलकुद विकास समितिले आवासको व्यवस्था समेत गरिदिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*