चित्लाङ माथि प्याराग्लाइडिङ सरर…

साझाकुरा
२०८० मंसिर २०, बुधबार १०:५१

हेटौंडा- मकवानपुरको पर्यटकीयस्थल चित्लाङमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । बाबु एडभेन्चर्स प्रालिले थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइडिङ सेवा सुरु गरेको हो ।थाहा नगरपाललिका–९ को चन्द्रगिरी डाँडाबाट उडान भरेर वडा नं. ९ कै चित्लाङमा अवतरण गर्ने व्यवस्था गरिएको छ । बाबु एडभेन्चर्सका संस्थापक सानुबाबु सुनुवारले लामो समयको अध्ययन र अनुसन्धानसँगै सरकारबाट स्वीकृति पाएपछि उपत्यका नजिकै प्याराग्लाइडिङ उडान भर्ने कार्य भइरहेको जानकारी दिए ।

उनले प्याराग्लाइडिङ उडानका क्रममा काठमाडौं उपत्यका, हिमशृंखला, चित्लाङ, मार्खुलगायतका पर्यटकीय स्थलको दृश्यावलोकन गर्न सकिने बताए ।कम्पनीले रामेछाप, पोखरा, सुर्खेत, दाङलगायतका स्थानमा विदेशी र नेपालीलाई लक्षित गरी प्याराग्लाइडिङ सञ्चालन गर्दै आएको छ । चन्द्रगिरी डाँडाबाट उडान सुरु गरेपछि १५ देखि ३० मिनेटसम्म उडान गर्न सकिने बताउँदै उनले हाल छ वटाप्याराग्लाइडिङ उडान गर्न सक्ने सामग्री रहेको जानकारी दिए ।

यहाँ प्याराग्लाइडिङ उडान भएसँगै चित्लाङ क्षेत्रको पर्यटन विकासमा थप सहयोग पुग्ने छ । थप सामग्रीको व्यवस्थापन गर्दा चित्लाङमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ सञ्चालन गर्दा लागत एक करोड रुपैयाँ पुग्ने कम्पनीको भनाइ छ । यहाँ नेपालीले प्याराग्लाइडिङ उडान गरेबापत प्रतिव्यक्ति कम्पनीले आठ हजार रुपैयाँ लिँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*