थाहा एक्ससीएम च्यालेन्ज र अल्ट्रा रन आयोजनाको तयारी

साझाकुरा
२०८० मंसिर २७, बुधबार १०:५४

हेटौंडा- मकवानपुरको थाहा नगरपालिकाका अधिकांश वडाहरु र इन्द्रसरोवर गाउँपालिकालाई समेत समेटेर थाहा एक्ससीएम च्यालेन्ज र थाहा अल्ट्रा रन प्रतियोगिता आयोजना गरिने भएको छ ।थाहा नगरपालिकाको शिखर क्लबले अन्तरक्रिया गरी यो प्रस्ताव सार्वजनिक गरेको हो । थाहा अभियन्ता रुपचन्द्र विष्टको जन्मस्थानको चिनारीसहित प्रमुख पर्यटकीयस्थलको परिचय गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए । थाहानगरमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मकवानपुरकै ठूलो र पहिलो प्रतियोगिताको रुपमा थाहा एक्ससीएम च्यालेन्ज र थााह अल्ट्रा रनको आयोजना गर्ने क्लबका अध्यक्ष अर्यालले जानकारी दिए ।

प्रतियोगिताको लागि क्लबले आधारभूत म्यापिङको काम गरिसकेको जानकारी गराएको छ । करिब ६० किलोमिटर दुरी रहने थाहा एक्ससीएम च्यालेन्ज र थाहा अल्ट्रा रनमा स्थानीय, स्वदेशी तथा विदेशी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ । कृतिमानी धावक बैकुण्ठ मानन्धरको विशेष उपस्थितिमा भएको कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली, एथ्लेटिक्स परिवारका अध्यक्ष राजन खत्री, प्रो स्पोर्टसका सञ्चालक रविन्द्र थापा, नेपाल साइक्लिङ संघका महासचिव रञ्जनराज भण्डारी, सदस्य देवेन्द्र बस्न्यातलगायतको उपस्थिति थियो ।

कार्यक्रममा कृतिमानी धावक मानन्धरले खेलकुदसँगै यहाँको पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने कार्यक्रमका लागि सबै पक्ष मिलेर सफल बनाउनुपर्ने धारणा राखे । उनले आफूहरुको तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाए । एथ्लेटिकक्स परिवारका अध्यक्ष खत्रीले क्लबको तयारी निकै अघि बढिसकेकोले यस कार्यमा सहयोग सबैबाट भई सफल पार्न अघि सर्नुपर्ने बताए । थाहानगरप्रमुख विष्टले पालिकाको ध्येय नै पर्यटन प्रवद्र्धन गर्ने भएकोले यस किसिमको प्रतियोगितामा सबै पक्ष एकजुट हुनुपर्ने बताए । प्रमुख विष्टले थाहानगर भन्दा बाहिर बस्नेहरुपनि यसका लागि सकारात्मक भई सफल पार्न लाग्नुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*