हेटौंडामा राष्ट्रियसभा निर्वाचन बागमतीमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी

निशा गुरुङ
२०८० माघ १२, शुक्रबार १०:२३

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–४, स्थित भुटनदेवी माविको भवनमा भएको राष्ट्रियसभा निर्वाचनमा चारैजना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनका चारजना उम्मेद्वार निर्वाचित भएका हुन् । राष्ट्रिय सभामा बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि बिहीबार हेटौंडामा निर्वाचन भएको थियो । नेपाली कांग्रेसका जीतज· बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् ।

अन्य क्लस्टरमा कांग्रेसका बस्नेतले ६ हजार ५ सय ३१, महिला क्लस्टरमा कांग्रेसकै पुडासैनीले ६ हजार ६ सय २२ मतभार पाएर विजयी भए । अपा·ता÷अल्पसंख्यक क्लस्टरमा माओवादी केन्द्रका अधिकारीले ६ हजार ३ सय ८३ र दलित क्लस्टरमा एकीकृत समाजवादीका रिजालले ६ हजार ५ सय १२ मतभार पाएर निर्वाचित भएको निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । निर्वाचनमा १ सय १० सदस्यीय बागमती प्रदेशसभातर्फ १ सय ८ जना प्रदेशसभा सदस्यले र स्थानीय तहका २ सय ३७ जना मतदातामध्ये २ सय ३४ जनाले मतदान गरेका थिए ।

बागमती प्रदेशबाट एमालेका दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंहबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको हो । उनीहरुको कार्यकाल २० फागुनमा सकिँदै छ । कार्यकाल अगावै निर्वाचन गरिसक्नु पर्ने भएकाले माघमै निर्वाचन भएको हो । निर्वाचनबाट एमालेले बागमतीको दुई सिट गुमाएको छ । देशभर १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमालेबाट कोशी प्रदेशमा रुक्मणी कोइरालाले मात्रै जितेकी छन् । कोशीमा अन्य क्लष्टरमा गठबन्धनकै कृष्ण सिटौलाले जिते । कोशीको महिला क्लष्टरबाहेकका १८ सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित भए ।

बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा थिए । नेकपा एमालेबाट अन्यमा काठमाडौंका विवेक देवकोटा, महिला क्लस्टरमा दोलखाकी रोजकुमारी चौलागाईं, दलित क्लस्टरमा धादिङका ध्रुव विश्वकर्मा र अपाङ क्लस्टरमा चितवनका त्रिलोचन निर्मल पौडेल उम्मेदवार थिए । बागमतीमा जितका लागि मतभार निक्कै कम भएपछि एमालेले चर्चित अनुहारलाई प्रतिस्पर्धामा उतारेको थिएन ।

राप्रपाबाट अन्य क्लस्टरमा काठमाडौंका हेमज· गुरुङ, महिला क्लस्टरमा मकवानपुरकी बालकुमारी डल्लाकोटी र अपा·ता÷अल्पसंख्यक क्लस्टरमा चितवनका भरतमणि भट्ट उम्मेदवार थिए । नेपाल मजुदर किसान पार्टीबाट अन्य क्लस्टरमा काठमाडौंका श्रीकृष्ण महर्जन, महिला क्लस्टरमा भक्तपुरकी कृष्णलक्ष्मी दुवाल र दलित क्लस्टरमा भक्तपुरकी संगीता नेपाली उम्मेदवार थिए ।निर्वाचनको नतिजा मतभारका आधारमा टुंगो लगाइएको हो । मतदाता रहने प्रदेशसभा सदस्यको ५३ मतभार र स्थानीय तह प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षको १९ मतभार हुन्छ । प्रदेशसभातर्फको १ सय १० जना सदस्यको कुल मतभार ५ हजार ८ सय ३० हुन्थ्यो । स्थानीय तहका २ सय ३७ जना मतदाताको कुल मतभार ४ हजार ५ सय ३ हुन आउँदा राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशको कुल मतभार १० हजार ३ सय ३३ थियो ।

कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनको कुल मतभार ६ हजार ७ सय ३२ थियो । जुन निर्वाचनमा जितका लागि पर्याप्त थियो । बागमतीमा एमाले, राप्रपा र नेमकिपा छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा थिए । तर, पनि एमाले, राप्रपा र नेमकिपाको मतभार जोड्दा मात्रै पनि गठबन्धनको भतभार करिब दोब्बर हुन्थ्यो । गठबन्धनको कुल मतभारमा एमाले, राप्रपा र नेमकिपाको जोडिएको कुल मतभार घटाउँदा ३ हजार २ सय ५७ मतभार फरक आउँथ्यो । जसकारण अंकगणितलाई आधार मान्दा पनि गठबन्धनका उम्मेदवारको जित निश्चित थियो ।

बालेनदेखि प्रहरीको फरारसूचिमा रहेका अध्यक्षसम्म अनुपस्थित

राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशको रिक्त हुने ४ सिटका लागि भएको मतदानमा ५ जना मतदाता अनुपस्थित भए ।निर्वाचनमा बागमती प्रदेशसभाका २ र स्थानीय तहका ३ गरी ५ जना मतदाता अनुपस्थित भएका निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । १ सय १० सदस्यीय बागमती प्रदेशसभातर्फ १ सय ८ जनाप्रदेशसभाका सदस्यहरुले मतदान गरेका छन् । स्थानीय तहका २ सय ३७ जना मतदातामा २ सय ३४ जनाले मतदान गरेका थिए । दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको निधन भएकाले स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ मतदाता हुनुपर्नेमा २ सय ३७ मतदाता कायम थिए ।

काठमाडौं महानगरपालिकाको मेयर बालेन शाह पनि मतदान गर्न हेटौंडा आएनन् । २ सय ३७ मतदातामध्ये नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष बीरबल तामाङ प्रहरीको फरारसूचिमा रहेकाले अनुपस्थित भएका छन् । उनलाई चेक अनादर मुद्दामा प्रहरीले खोजी गरिरहेको छ । यसैगरी, काभ्रेको चौरीदेउराली गाँउपालिकाको उपाध्यक्ष शेबहादुर लामा सिकिस्त बिरामी रहेकाले मतदानमा सहभागी भएनन् । बागमती प्रदेशसभातर्फ हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्य र सरिता खड्की अनुपस्थित भए ।

यसमा तपाइको मत

Your email address will not be published.


*