फरार दुई प्रतिवादी पक्राउ

साझाकुरा
२०८३ जेष्ठ २७, बुधबार ११:५१

हेटौंडा-विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका दुईजना प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रतिवादीलाई खोजतलास तथा पक्राउ अभियान अन्तर्गत् पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ निवासी २८ वर्षीय गौतम गुभाजु रहेका छन् । उनलाई लागूऔषध ओनरेक्स सम्बन्धी मुद्दामा अदालतले दुईवर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

यस्तै, हेटौंडा उपमहानगरपालिका–१० निवासी २५ वर्षीया रिजुकुमारी दाहाललाई लागूऔषध खैरोहेरोइन मुद्दामा अदालतले पाँच वर्ष कैद सजाय तोकेको थियो । प्रहरीले दुवै प्रतिवादीलाई जेठ २५ गते पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत मकवानपुरमा बुझाइएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*