नारायणगढ–मुग्लिन सडक पहिरोले बगाउँदा दुई वटा बस त्रिशूलीमा बेपत्ता
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ रहेको बताइएको छ ।घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले उद्धारको काम थालिएको र पहिरो पन्छाउन सुरु गरिएको बताए । ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको यादवले बताए ।







