पत्रकारितामा एआईको प्रयोगबारे प्रशिक्षण

साझाकुरा
२०८३ बैशाख १७, बिहीबार ११:१०

हेटौंडा- बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश र नेपाल पत्रकार महासंघ मकवानपुरको सहकार्यमा बुधबारबाट पत्रकार तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ । डिजिटल पत्रकारिता तथा पत्रकारितामा एआईको प्रयोगबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णसारु मगरको अध्यक्षता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीको प्रमुख आतिथ्यता कार्यक्रम सुरु भएको हो । कार्यक्रममा मन्त्री अधिकारीले पत्रकारिता क्षेत्र विकासका लागि मन्त्रालयले सदैव साथ दिने प्रतिबद्घता व्यक्त गरे । पछिल्लो समय सूचनाप्रविधीको विकाससँगै पत्रकारिताको शैलीमा पनि परिवर्तन भइरहेकाले त्यसलाई आत्मसात गर्दै अघि बढ्न उनले तालिमका सहभागी पत्रकारलाई सुझाव दिए ।

‘अहिलेको समय एआईको हो, यसलाई सही सदुपयोग गर्दै आफूलाई सक्रिय राख्नुहोस्’ मन्त्री अधिकारीको भनाई छ । उनले लामो संघर्षबाट प्राप्त लोकतन्त्र सदैव बचाइराख्न आवश्यक रहेको भन्दै उनले सबै क्षेत्रमा यसमा लागिपर्नुपर्ने बताए । मुलुक लोकतान्त्रिक प्रणालीबाट अगाडि बढिरहेकाले जुन पार्टीको सरकार आएपनि लोकतन्त्रिक पद्दति नै प्रतिफल भएको बताए । यस्तै पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष सारुले देशमा प्रतीपक्षि हालसम्मको कमजोर अवस्थामा रहेको बताए । यस्तो अवस्थामा शसक्त प्रतिपक्षको भूमिकामा मिडिया हुनुपर्ने उनको भनाई छ । ‘आजको परिस्थिति र परिवर्तन सूचनाप्राविधिको कारणले भएको हो’ अध्यक्ष सारुले भने, ‘यो कन्टेन्ट क्रियटरको युग हो, हामीले गर्ने पत्रकारिताको मोडल परिवर्तन हुनुपर्छ ।

’ उनले पत्रकारले समाजको ऐना भएकाले हामीले सुशासनमा अग्र भागमा हुनुपर्ने बताए । पछिल्लो समय निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन हटाउने नीति बिचौलिया मुक्त गरी अनियमितता हटाउने प्रयास राम्रो भएपनि यो निजी र सरकारी मिडियामा विभेद हुननहुने तर्क गरे । उनले प्रदेश सरकारले समानुपातिक विज्ञापन नीति ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष हरि हुमागाईँ, सदस्य उज्ज्वल अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखाप्रमुख पदम ओझा, प्रेस चौतारी मकवानपुरका अध्यक्ष सरिता दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टर मकवानपुरका सचिव अनिल पराजुलीलगायतको आतिथ्यता थियो । आजसम्म हुने कार्यक्रममा प्रशिक्षक शिव पुरी र अजय शर्माले प्रशिक्षण दिइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*