मउवासंघमा पहिलोपटक महिला महासचिव

साझाकुरा
२०८१ पुष २९, सोमबार १२:०६

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघले पहिलोपटक महासचिवमा महिला नेतृत्व पाएको छ । प्रमोदसिंह रानाभाट अध्यक्ष निर्वाचित भएको कार्यसमितिमा उद्योगी ब्यापारीले महासचिवमा प्रतिमा श्रेष्ठलाई चयन गरेका हुन् । संघको इतिहासमा पहिलोपटक महिलाले निर्वाचन जितेर महासचिव पद प्राप्त गरेको हो । यतिबेला सामाजिक संजालमा प्रतिमालाई बधाई दिनेहरु ब्यापक देखिएका छन् । शनिबार सम्पन्न निर्वाचनमा श्रेष्ठले १ हजार १२ मत प्राप्त गर्दै विजयी बनिन् । महासचिवका अर्का प्रत्यासी विकेशलाल श्रेष्ठले ७ सय १३ मत ल्याएका थिए । संघको विधान यसैपटक परिवर्तन गरी सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेपछि एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, चार सचिव, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष गरी १२ जना पदाधिकारीको प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन गरिएको हो ।

उद्योग र एसोसियटतर्फ दुई सचिव निर्विरोध भएका थिए । अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, दुई सचिव, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्षको निर्वाचन भएको थियो । संघको अध्यक्षमा रानभाट विजयी भएका छन् । चुनावी मैदानमा उत्रिएका दुइ प्यानलमध्ये रानाभाटको प्यानलका धेरैजना विजयी बनेका छन् । संघको ५८ औं साधारणसभाबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आइतबार बिहान सम्पन्न भएको थियो ।

रानाभाट एक हजार १४ मतसहित विजयी भएका छन् भने अर्का प्रत्यासी अनिल अग्रवालले सात सय ६५ मतमा चित्तबुझाउँदै निकटतम प्रतिद्वन्द्वी बनेका छन् । निर्वाचनमा एक हजार आठ सय १६ मत खसेको थियो । उपाध्यक्षमा वाणिज्यतर्फ राजु अधिकारी, उद्योगतर्फ दीपक उप्रेती, एसोसिएटतर्फ उज्ज्वल चौलागाई र वस्तुगततर्फ काव्यमणि अधिकारी निर्वाचित भएका छन् । राजु र काव्यमणि अनिल अग्रवाल प्यानलबाट हुन् । दीपक र उज्ज्वल रानाभाट प्यानलका हुन् ।

कोषाध्यक्षमा अग्रवाल प्यानलबाट तेजराज अधिकारी ९७१ मतसहित बिजेता बनेका छन् । अधिकारीका प्रतिद्वन्द्वी श्रीकृष्ण कर्माचार्यले ८०१ मत पाएका थिए । सहकोषाध्यक्षमा रानाभाट प्यानलबाट निलम वैद्य विजयी भएकी छन् । वैद्यले ९१६ मत ल्याउँदा प्रतिद्वन्द्वी राधिका सामरी पाण्डे ७८१ मत मात्र पाएकी छन् । वाणिज्यतफ उपाध्यक्ष राजु अधिकारी ५९९ मतसहित विजयी भएका छन् भने अधिकारीका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद न्यौपानेले ४८४ मत पाएका छन् ।

वाणिज्य सचिवमा कुलप्रसाद चौलागाई ६८४ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी दिवस पराजुलीले ४११ मत पाएका छन् । वाणिज्य सदस्यमा बालकृष्ण बजगाई ६४६ मत, सन्तोष घिमिरे ६१६ मत, विष्णुप्रसाद दाहाल ५६० मत, राजेन्द्र लामिछाने (राजेश) ५५० मतसहित बिजेता बन्दा रविन ढकाल ३३४ मत, राजदेव बनियाँ ५०९ मत, यज्ञबहादुर राय ३११ मत, होमनाथ खनाल (रोशन) ३९४ मतमा अड्किएर पराजय ब्यहोर्न बाध्य भए ।

उद्योगतर्फ उपाध्यक्ष दीपक उप्रेती २७२ मतसहित विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी रवीन्द्रप्रसाद घिमिरे २४० मत पाएर पराजय भोग्न बाध्य भए । उद्योग सदस्यतर्फ कृष्णगोपाल महर्जन २८८ मत, (विजयी) जगदीश दाहाल २७३ मत, भुपेन्द्रप्रसाद अधिकारी ३०७ मतका साथ बिजयी बनेका छन् । कृष्णराज कोइराला २५३, दीपक शिवाकोटी २४७ मतमा चित्त बुझाउन बाध्य भए । महिला आरक्षणतर्फ सीतादेवी भेटवाल २९५ मतसहित विजयी भएकी छिन् भने मेनका श्रेष्ठ २२५ मतसहित पराजय ब्यहोरेकी छन् ।एशोसियटतर्फ उपाध्यक्ष उज्वल चौलागाई ४८ मतसहित विजयी भएका छन् भने विष्णु खनाल ३३ मत ल्याएर पराजय भोग्न बाध्य भए । एसोसियट सदस्यतर्फ अंकिता सुमार्गी ५४ मत, नवराज खतिवडा ६४ मतसहित विजयी भएका छन् भने पुजन विडारीले ३८ मत ल्याएर पराजित भएका छन् ।

वस्तुगततर्फ उपाध्यक्ष काव्यमणि अधिकारीले १५ पाएर विजयी भएका छन् भने, प्रदीप अर्यालले ११ पाएर पराजित भएका छन् । वस्तुगत सचिवमा राजाराम कार्की र नेत्रप्रसाद खतिवडा दुबै जनाले १३÷१३ मत (बराबर मत) पाएका छन् । सोमबार पद तथा गोपनीयताको सपथग्रहणको समयमा गोलाप्रथा गरी बिजेता घोषणागरिने सहमति भएको प्रमुख निर्वाचन अधिकृत बरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले जानकारी दिएका छन् । सदस्यमा शम्भु पुडासैनी १२ मत सहित विजेता बन्दा कृष्णप्रसाद अर्यालले ११ मत र गोविन्द चौलागाईले ३ मत पाएर पराजित बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*