राक्सिराङका सबै वडामा विजुली बिस्तार

साझाकुरा
२०८१ चैत्र ११, मंगलवार १३:३०

हेटौंडा-मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको सबै वडा विद्युतको पहुँचमा पुगेका छन् ।सोमबार एक कार्यक्रमका बीच राक्सिराङका ९ वटै वडामा नेपाल विद्युत् प्राधिकरणले विद्युतको पहुँच पु¥याइएको घोषणा गरिएको हो ।गाउँपालिकाको पहलमा प्राधिकरणले ‘चेपाङ बिजुली कार्यक्रम’ अन्तर्गत विद्युत् सेवा पु¥याइएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार एक समारोहबीच राक्सिराङ गाउँपालिका–९, खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन् । उनले राक्सिराङ–९
खैराङकी फूलमाया चेपाङको घरको विद्युतको मिटर पनि ‘स्वीचअन’ गरेर पूर्णविद्युतीकरण वडा घोषणा गरेका हुन् ।

टुकी र दियालोको उज्यालोमा जीवन बिताइरहेका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका चेपाङ लगायत अन्य समुदायको घरमा विद्युत् सेवा पुगेको हो । मकवानपुरकै दुर्गम खैराङमा २०७६÷७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो । गाउँपालिकाले आफ्नै स्रोतमा सञ्चालन गर्दै आएको विद्युतीकरणको कामलाई प्राधिकरणले चेपाङलाई बिजुली कार्यक्रममार्फत् सम्पन्न गरेको राक्सिराङ गाउँपालिका अध्यक्षराजकुमार मल्लले जानकारी दिए ।

अध्यक्ष मल्लका अनुसार सुरुवातमा गाउँपालिकाले एक करोड रुपैयाँ र पछि प्रदेश सरकारले एक करोड रुपैयाँ थप गरी प्राधिकरणको सहयोगमा ६ करोड रुपैयाँले वडामा बत्ती पु¥याउन विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिरहेको थियो । ५ हजार घरधुरी रहेको राक्सिराङका १ हजार २ सय घरमा अझै विद्युत् पहुँच पुराउन बाँकी रहेको अध्यक्ष र मल्लले बताए । यसका लागि प्राधिकरणलाई अनुरोध गरिसकेको समेत उनले बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चेपाङलाई विद्युत् कार्यक्रममार्फत् ३० करोड रुपैयाँको लागतमा अभियानलाई अघि बढाएको उनको भनाइ छ । कार्यक्रममार्फत् सबै वडामा विद्युतको पहुँच पुगेपनि अझै सबै नागरिकको पहुँचमा विद्युत् सेवा पु¥याउन बाँकी रहेको उनले बताए । अभियान अन्तर्गत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ३३० वटा विद्युत् मिटर राक्सिराङमा विभिन्न वडाका विपन्न चेपाङलाई निःशुल्क वितरण गरेका थिए । २०७८ को राष्ट्रिय जनगणनाअनुसार २५ हजार ९९६ जनसंख्या रहेको यो पालिकामा ५ हजार ४४ घरधुरी छन ।

कार्यकारी निर्देशक घिसिङले प्राधिकारण बत्ती काट्नेभन्दा उज्यालो पार्ने संस्थाको रुपमा विकास भइरहेको बताए । नेपालको विद्युतले विदेशमा समेत उज्यालो पार्ने काम भइरहेको उनको भनाई छ । हाल आयातको तुलनमा निर्यातको दर वृद्धि भइरहेको उनले बताए । कार्यकारी निर्देशक घिसिङले देशमा विद्युत् सेवा नपुगेको ठाउँ प्राधिकरणले खोजी गरिरहेका बताए । प्राधिकरणले तत्कालीन समयमा लोडसेडिङ अन्त्यभन्दा पनि विद्युतको पहुँच पु¥याउन महत्वपूर्ण दायित्वको रुपमा लिएर काम गरिरहेको उनको भनाइ छ ।

सरकारको दायित्व पूरा गर्न आफूले प्राधिकरणमार्फत नेतृत्व लिएको उनले बताए । घिसिङका अनुसार २०७३ मा आफूले प्राधिकरणको नेतृत्व लिँदा ५८ प्रतिशत नागरिक विद्युतको पहुँच पुगेको र हाल ९९ प्रतिशत नागरिकमा विद्युतको पहुँच पुगेको उनले दाबी गरे । कार्यकारी निर्देशक घिसिङले राक्सिराङको सबै नागरिकको घरमा वर्षायाम अघि नै विद्युत् पु¥याउन मातहतका कार्यालयलाई निर्देशन समेतदिए । बजेट तथा अन्य आवश्यक व्यवस्थापन गर्न प्राधिकरण तयार रहेको, हाल नपुगेका स्थानमा विद्युतीकरण गर्न ८ करोड रुपैयाँमा ठेक्का लागेको र समयमै कामसुरु गरी सम्पन्न गर्न पनि उनले आग्रह गरे ।

गरिबलाई निःशुल्क मिटर वितरण गर्ने तथा न्यूनतम महसुल तिर्न परेको समस्या हल गर्न प्राधिकरणले पहल गर्ने उनले बताए । कार्यकारी निर्देशक घिसिङका अनुसार गरिब विपन्नका साथै सिँचाइ, खानेपानीका आयोजनालाई पनि विद्युत् महसुलमा सहुलियत दिइएको छ । कार्यक्रममा दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पु¥याउने कार्यकारी निर्देशक घिसिङलाई गाउँपालिकाले सम्मान गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*