रौतहटबाट काठमाडौं जाँदै गरेको सुमो मकवानपुरको बतासेमा दुर्घटना, १० जना घाइते

साझाकुरा
२०८१ चैत्र १९, बुधबार १७:५५

 

हेटौंडा– रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको सुमो मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकास्थित बतासेमा दुर्घटना भएको छ। दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

इन्द्रसरोवर गाउँपालिका-२ बतासेस्थित भीमफेदी-कुलेखानी-सिस्नेरी काठमाडौं सडक खण्डमा आज बुधबार दिउँसो ना१ज ५४८५ नम्बरको सुमो ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो । दुर्घटनामा परी ३ जना यात्रु गम्भीर घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा १ जना घाइतेको अवस्था मध्यम, ५ जना घाइतेको अवस्था सामान्य रहेको डिएसपी अर्यालले बताए ।थप उपचारको लागि  घाइतेलाई काठमाडौं पठाइएको र घाइतेहरूको पहिचान हुन बाँकी रहेको  छ । घट्नाको बारेमा थप अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ। ।

यसमा तपाइको मत

Your email address will not be published.


*