सरकार र युवालाई एउटै थलोमा अन्तरसंवाद गराइने

बैशाख २८ देखि बागमती प्रदेश युवा सम्मेलन हुँदै
साझाकुरा
२०८२ बैशाख १९, शुक्रबार ११:४३

हेटौंडा- प्रदेश युवा परिषद् बागमतीले बैशाख २८ गतेदेखि ३० गतेसम्म बागमती प्रदेश युवा सम्मेलन २०८२ आयोजना गर्दैछ । २०८० देखि लगातार प्रदेश युवा सम्मेलन गर्दै आएको परिषद्ले लगातार तेस्रो श्रृंखलाकारुपमा युवा सम्मेलनको तयारी गरिरहेको छ । प्रदेशभरबाट गुुगल फर्मभरेर छानिएका तीनसय ५० युवा सम्मेलनमा प्रत्यक्ष सहभागी हुनेछन् । परिषदले वेभसाईट, राष्ट्रिय टेलिभिजन र सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मबाट लाखौं युवालाई कार्यक्रममा सहभागी गराउने तयारी गरिरहेको छ । सरकार र युवालाई एउटै थलोमा अन्तरसंवाद गराउने अवधारणाअनुरुप नै सम्मेलन गर्न लागिएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलेबताए ।

‘युवा अध्ययन, रोजगारी र सीपका लागि संसारभर अवसरको खोजीमा लाग्न थालेका छन् । यसरी देशविदेशमा अवसरको खोजी गर्दै हिडीरहेका युवालाई सरकारसँग अन्तरसंवादमा जोड्नुपर्छ भन्ने मुख्य ध्येयका साथ परिषदले युुवा सम्मेलनको आयोजना गर्ने अवधारणा अघिसारेको हो’ उनले बताए । उपाध्यक्ष चौलागाईले युवालाई सीप सिकाई दक्ष जनशक्तिकारुपमा स्थापित गर्दा उनीहरुलाई स्वदेश वा विदेशमा अवसरको खोजीमा सहयोग पु¥याउने बताए ।

पछिल्लो समयमाराजनीतिप्रति वितृष्णा बढिरहेको समयमा सरकारले बनाउने नीतिनियमले अवसर सिर्जना हुनसक्ने उनको भनाई छ । ‘सरकार युवाका क्षेत्रमा के कस्ता योजना बनाउने भन्ने अलमलमा देखिन्थ्यो । युवा पनि सरकारलाई आफ्ना कुरा कसरी राख्ने भन्ने अलमलमै थिए । हामीले यी दुुबै स्टेकहोल्डरलाई जोड्ने सेतुको काम गरेका हौँ ’ कार्यकारी उपाध्यक्ष चौलागाईले भने ।

युवा सम्मेलनले बागमती प्रदेश सरकारलाई युवा नीति र बजेटमै युवा सीपवर्ष घोषणा गराउने वातावरण सृजना गरेको उनको बुझाई छ । युवा सम्मेलनको तेस्रो श्रृंखलासम्म आइपुग्दा प्रदेश युवा सम्मेलनले बागमती प्रदेशका १० हजार भन्दा बढी युवालाई दक्ष जनशक्तिकारुपमा स्थापित गरेको कार्यकारी उपाध्यक्ष चौलागाईले दाबी गरे । ‘विशेषगरी ग्रामीणक्षेत्रका युवाले पहिलोपटक सरकारी निकायसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर पाएका छन्, जसले उनीहरुमा सशक्तिकरणको अनुभूति गराएको छ’ उनले भने ।

प्रदेश युवा सम्मेलन नीतिसंवाद प्लेटफर्मको रुपमा स्थापित भएको उनले बताए । यो सम्मेलनले युवा र सरकारबीचको दूरी घटाई एकअर्कालाई सामिप्यमा ल्याउने काम गरेको उनको बुझाई छ । सम्मेलनका प्रत्येक सत्रमा मुख्यमन्त्री, सामाजिक विकास मन्त्री, युवा तथा खेलकूद मन्त्री, स्थानीय सरकार प्रमुखहरु र अन्य उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहने कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी दिए । ‘युवाले नीतिगत विषयमा सुुझाव दिने अवसर पाएका छन् । प्रदेश र स्थानीय तहले बनाउने नीतिमा युवाको सुुझावका आधारमा युवा परिषद्का सिफारिसमा जिल्ला युवानीति तथा कार्यक्रम परिमार्जन भएका छन्’ उनले भने ।

बागमती प्रदेश सरकारले युवा सम्मेलनलाई वार्षिक नीति तथा कार्यक्रमभित्र समावेश गरेर, बजेट विनियोजन मार्फत यसको निरन्तरतामा प्राथमिकता दिएको कार्यकारी उपाध्यक्ष चौलागाईले बताए । प्रदेश सरकारले ‘युवा सीपवर्ष २०८१’ घोषण गरेर युवालाई सीप विकास कार्यक्रम संचालन गरिरहेको उनले बताए । सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषिउद्यम लगायत विषयमा प्रशिक्षण र कार्यशालासत्र राखिएको उनले जानकारी दिए ।

तेस्रो श्रृंखलामा मात्र ४०% सहभागीले कार्यक्रममा भाग लिएपछि उद्यम सुरु गर्ने प्रेरणा पाएको तथ्य परिषद्को मूल्यांकन रहेको उनको भनाई छ । ‘युवालाई सरकारसँग जोड्ने, उनीहरुको आवाज नीतिनिर्माण तहमा पु¥याउने र अवसर सिर्जना गर्ने सन्दर्भमा प्रदेश युवा सम्मेलन अब बागमती प्रदेशकै दिगो युवा कार्यक्रम बन्न थालेको छ’ उनले बताए । बागमती प्रदेश युवा परिषदले युवालाई पहिलोचरणमा आधारभूत तालिम प्रदान गर्ने, दोस्रो चरणमा बिशिष्टिकृत तालिम दिने, र सीप सिकेका युवाको सीपपरीक्षण गरी उनीहरुलाई सिटिइभिटीको प्रमाणपत्र प्रदान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*