प्रदेश युवा सम्मेलन–२०८२ आजदेखि हुँदै

हेटौंडा- बैशाख २८ देखि ३० गतेसम्म प्रदेश राजधानी हेटौंडामा हुने तेस्रो प्रदेश युवा सम्मेलन २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।शनिबार पत्रकार सम्मेलन प्रदेश युवा परिषद् बागमतीले सम्मेलनबारे जानकारी गराएको हो । आइतबारदेखि मंगलबारसम्म सञ्चालन हुने सम्मेलनमा तीन सयभन्दा बढी युवाको प्रत्यक्ष सहभागिता रहने परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । सम्मेलनले प्रदेशस्तरमा युवाको नीति संवाद, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न महत्वपूर्ण प्लेटफर्म प्रदान गर्ने उपाध्यक्ष चौलागाईले बताए । सम्मेलनमा ७ वटै प्रदेशबाट ३ सय भन्दा बढी युवा प्रत्यक्ष सहभागी हुने उनको भनाई छ ।
‘तेश्रो श्रृंखलासम्म आइपुग्दा प्रदेश युवा सम्मेलनमा सातै प्रदेशका युवा सहभागी बन्ने वातावरण निर्माण भएको छ’ उनले भने, ‘राष्ट्रिय टेलिभिजन, सामाजिक सञ्जाल र परिषद्को वेबसाइटमार्फत डिजिटल माध्यमबाट लाखौँ युवालाई सम्मेलनमा सहभागी गराउने योजना बनाइएको छ ।’ सम्मेलनमा कृषिमा नवप्रवर्तन र यूवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, युवामा सीपमूलक तालिमको आवश्यकता र प्रभावकारिता, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवालगायत विषयमा विज्ञहरुसँग प्यानल छलफल र कार्यशाला गोष्ठी आयोजना हुनेछन् ।
पछिल्लो समयमा राजनीति प्रति वितृष्णा बढिरहेको समयमासरकारले बनाउने नीतिनियमले अवसर सिर्जना हुनसक्ने उनको भनाई छ । ‘सरकार युवाका क्षेत्रमा के कस्ता योजना बनाउने भन्ने अलमलमा देखिन्थ्यो । युवा पनि सरकारलाई आफ्ना कुरा कसरीराख्ने भन्ने अलमलमै थिए । हामीले यी दुुबै स्टेकहोल्डरलाई जोड्ने सेतुको काम गरेका हौँ ’ कार्यकारी उपाध्यक्ष चौलागाईले भने ।युवा सम्मेलनले बागमती प्रदेश सरकारलाई युवा नीति र बजेटमै युवा सीपवर्ष घोषणा गराउने वातावरण सृजना गरेको उनको बुझाई छ ।
युवा सम्मेलनको तेस्रो श्रृंखलासम्म आइपुग्दा प्रदेश युवा सम्मेलनले बागमती प्रदेशका १० हजार भन्दा बढी युवालाई दक्ष जनशक्तिको रुपमा स्थापित गरेको कार्यकारी उपाध्यक्ष चौलागाईले दाबी गरे । सम्मेलनका प्रत्येक सत्रमा मुख्यमन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, विभिन्न राजनीतिक दलका नेताहरु, स्थानीय सरकार प्रमुखहरु र अन्य उच्चपदस्थ व्यक्तिहरुको सहभागिता रहने कार्यकारी उपाध्यक्ष चौलागाईले बताए ।
‘युवाले नीतिगत विषयमा सुुझाव दिने अवसर पाएका छन् । प्रदेश र स्थानीय तहले बनाउने नीतिमा युवाको सुुझावका आधारमा युवा परिषद्का सिफारिसमा जिल्ला युवानीति तथा कार्यक्रम परिमार्जन भएका छन्’ उनले भने । बागमती प्रदेश सरकारले युवा सम्मेलनलाई वार्षिक नीति तथा कार्यक्रमभित्र समावेश गरेर, बजेट विनियोजन मार्फत यसको निरन्तरतामा प्राथमिकता दिएको कार्यकारी उपाध्यक्ष चौलागाईले बताए ।
प्रदेश सरकारले ‘युवा सीपवर्ष २०८१’ घोषण गरेर युवालाई सीप विकास कार्यक्रम संचालन गरिरहेको उनले बताए । सम्मेलनमा व्यावसायिक सीप, अनलाइन उद्यमशीलता, सहकारी व्यवस्थापन, कृषिउद्यम लगायत विषयमा प्रशिक्षण र कार्यशाला सत्र राखिएको उनले जानकारी दिए । ‘युवालाई सरकारसँग जोड्ने, उनीहरुको आवाज नीतिनिर्माण तहमा पु¥याउने र अवसर सिर्जना गर्ने सन्दर्भमा प्रदेश युवा सम्मेलन अब बागमती प्रदेशकै दिगो युवा कार्यक्रम बन्न थालेको छ’ उनले बताए । ‘सरकार शासनमा युवा सहभागिता खोज्ने, युवा शासनमा आफ्नो भूमिका नदेख्ने परिपार्टीलाई अन्त्य गर्दै युवा र सरकारलाई एकै थलोमा राखेर युवामैत्री नीति निर्माणमा युवा र सरकारबीच संवाद गराउँदै आएका छौं,’ उनले भने ।
‘बागमती प्रदेशका हरेक युवा सीपयुक्त भएर उद्यमशीलतामा जोडिनुपर्छ भन्ने ध्येयका साथ परिषद्का योजनाहरु अघि बढिरहेका छन् । सीप र उद्यमशीलतामा युवालाई जोड्न प्रदेश युवासम्मेलन कोसेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं’ उपाध्यक्ष चौलागाईले भने ।बागमती प्रदेशमा गत २०८० सालदेखि युवा सम्मेलनको आयोजना हुँदै आएको छ । सम्मेलन प्रदेशस्तरमा युवाको नीतिसंवाद, सीप विकास, रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न महत्वपूर्ण अवसरको रुपमा स्थापित भएको छ । परिषद्को तथ्याङ्क अनुसार दोस्रो सम्मेलनपछि चार सय पाँच जना युवाले आफ्नै उद्यम सुरु गर्ने प्रेरण पाएका थिए भने हालसम्म १० हजार पाँच सयभन्दा बढी युवा दक्षजनशक्ति निर्माण भइसकेका
छन् । उद्घाटन कार्यक्रम पूर्व विभिन्न भेषभूषा, साँस्कृतिक झाँकी, नेपाल प्रहरीको ब्यान्ड बाजासहित ¥याली गरिने परिषद्ले जनाएको छ ।
¥यालीमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालगायत प्रदेशका मन्त्रीहरु सहभागी हुनेछन् । सम्मेलन प्रदेशको दीर्घकालीन युवा सशक्तीकरण अभियानको संस्थागत आधार बन्ने परिषद्को विश्वास रहेको छ । साथै सम्मेलनमा नेपालकै पहिलो सुरुङमार्ग रहेको चुरियामाई मन्दिरको अवलोकन भ्रमण र हाइकिङ साथै युवामा सकारात्मक सोचविकासका लागि प्रतिभा र कला प्रदर्शनी गर्दै सम्मेलन घोषणापत्र जारी गरिनेछ ।