प्रदेशको वित्तीय समानीकरण अनुदान : सबैभन्दा बढी हेटौंडा उपमहानगरले पाउने, कम राक्सीराङलाई

साझाकुरा
२०८२ जेष्ठ २, बिहीबार १०:५५

हेटौंडा- आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बागमती प्रदेश सरकारले पालिकाहरुको लागि वित्तीय समानीकरण अनुदानको अनुमानित बजेट तोकेको छ ।प्रदेशका १ सय १९ वटै स्थानीय तहका लागि पठाइने वित्तीय समानीकरण अनुदानको बजेट तोकिदिएको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत ईन्द्रराज संज्यालले जानकारी दिएका छन् । अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४, प्रदेश वित्तीय हस्तान्तरण ऐन, २०७५ बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा प्रदेशअन्तर्गतका सबै पालिकालाई अनुमानित बजेट पठाएको हो । मन्त्रालयले न्यूनतम, सुत्रमा आधारित र कार्यसम्पादन मूल्यांकनमा आधारित भएर समानीकरण बजेट पठाएको हो ।

मकवानपुरका दश पालिकामध्ये सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाले समानीकरण अनुदान पाउने भएको छ । हेटौंडाले न्यूनतम ३२ लाख २० हजार, सुत्रमा आधारित २ करोड ७१ लाख ७७ हजार, कार्यसम्पादनमा आधारित अनुदान ५ लाख ७३ हजार गरी कुल ३ करोड ९ लाख ७० हजार अनुदान पाउने भएको छ । सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले समानीकरण बजेट पाएको छ । इन्द्रसरोवरले न्यूनतम १३ लाख ३० हजार, सुत्रमा आधारित ४७ लाख ६४ हजार र कार्यसम्पादन मूल्यांकनमा आधारित ५ लाख २५ हजार गरी कुल ६६ लाख १९ हजार रुपैयाँ समानीकरण अनुदान पाउने भएको छ ।

थाहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ करोड २५ लाख ८६ हजार समानीकरण अनुदान पाउने भएको छ । थाहाले न्यूनतम १७ लाख १५ हजार, सुत्रमा आधारित १ करोड २ लाख १७ हजार तथा कार्यसम्पादनमा आरित अनुदान ६ लाख १७ हजार पाउने भएको छ । कार्यसम्पादनमा आधारित यो बजेट मकवानपुरका सबै स्थानीय तहको भन्दा बढी हो । कैलाश गाउँपालिकाले ९० लाख ५२ हजार अनुदान पाउने भएको छ । कैलाशले न्यूनतम १८ लाख ६० हजार, सुत्रमा आधारित ६५ लाख ८४ हजार र कार्यसम्पादनमा आधारित ६ लाख ८ हजार रुपैयाँ पाउने भएको हो । राक्सिराङ गाउँपालिकाले ९६ लाख ११ हजार रुपैयाँ समानीकरण अनुदान पाउने भएको छ ।

राक्सिराङका लागि न्यूनतम १८ लाख ६० हजार, सुत्रमा आधारित ७१ लाख ६४ हजार तथा कार्यसम्पादनमा आधारित अनुदान ५ लाख ८७ हजार रहेको मन्त्रालयले जनाएको छ । मनहरी गाउँपालिकाले १ करोड २५ लाख ३० हजार अनुदान पाउने भएको छ । मनहरीले न्यूनतम १७ लाख ९५ हजार, सुत्रमा आधारित १ करोड १ लाख १८ हजार र कार्यसम्पादनमा आधारित ६ लाख १७ हजार रुपैयाँ पाउने भएको हो । भीमफेदी गाउँपालिकाले ९९ लाख ९३ हजार समानीकरण अनुदान पाउने भएको छ । न्यूनतम १८ लाख ६० हजार, सुत्रमा आधारित ७६ लाख ६८ हजार र कार्यसम्पादनमा आधारित ४ लाख ६५ हजार बजेट पाउने भएको हो ।

मकवानपुरगढी गाउँपालिकाले ९७ लाख ९३ हजार समानीकरण बजेट पाउने भएको छ । न्यूनतम १६ लाख ३५ हजार सुत्रमा आधारित ७५ लाख ४३ हजार र कार्यसम्पादनमा आधारित ४ लाख १५ हजार बजेट पाउनेछ । बकैया गाउँपालिकाले १ करोड २२ लाख ५६ हजार समानीकरण बजेट पाउने भएको छ । बकैयाले न्युनतम २२ लाख ४५ हजार, सुत्रामा आधारित ९५ लाख ९० हजार र कार्यसम्पादनमा आधारित अनुदान ४ लाख २१ हजार रुपैयाँ अनुदान पाउने भएको छ ।

बागमती गाउँपालिकाले १ करोड ८ लाख ३८ हजार रुपैयाँ बजेट पाउने भएको छ । न्यूनतम २१ लाख ६५ हजार सिफारिस भएको बकैयाले सुत्रमा आधारित ८१ लाख २२ हजार र कार्यसम्पादनमा आधारित ५ लाख ५१ हजार अनुदान पाउने भएको छ । बागमती प्रदेशका १ सय १९ स्थानीय तहका लागि कुल १ अर्ब ६६ करोड २५ लाख वित्तीय समानीकरण अनुदानमार्फत पालिकालाई बजेट पठाउने प्रदेश सरकारको अनुमान छ । जसमा न्यूनतम २१ करोड १९ लाख ७५ हजार, सुत्रमा आधारित १ अर्ब ३८ करोड ४० लाख २५ हजार र कार्यसम्पदानमा आधारित ६ करोड ६५ लाख रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*