दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

साझाकुरा
२०८२ जेष्ठ ९, बिहीबार १७:०२

हेटौडा- काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंलगायतलाई थुनामा राखेर अनुसन्धान गर्न थप दुई दिनको म्याद दिएको छ । प्रहरीको अनुसन्धान सकिए पनि उनीहरूले अनुसन्धान प्रतिवेदनमा केही हेरफेर गर्नुपर्ने भन्दै म्याद थपका लागि बिहीबार अदालत पेस गरेको थियो ।

सोहीअनुसार अदालतले दुई दिनको म्याद दिएको काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) विश्व अधिकारीले जानकारी दिए । उनीहरूमाथि प्रहरीले थुनामा राखेर अनुसन्धान गरेको ५५ दिन पूरा भएको छ । यस घटनामा प्रहरीको हिरासतमा ५३ जना छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*